• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय ★   वडाध्यक्षलाई विद्यार्थीको प्रश्न: ‘खेल्ने सामग्री कसले दिन्छ ?’ ★   सुर्खेत बस दुर्घटना: दुईजनाको मृत्यु, २१ घाइते ★   सभामुखलाई धनराजको पत्र: रातो पासपोर्ट उत्खनन गर्ने गृहमन्त्रीमाथि कारबाही होस् ★   काँग्रेसलाई अध्यक्ष श्रेष्ठको प्रश्न: प्रधानमन्त्रीले विश्वासको मत माग्दा नाराबाजी गर्नु अर्थपूर्ण हो ? ★   काँग्रेसले समिति माग गरेको होइन, सरकार माग गरेको हो: प्रमुख सचेतक बर्तौला ★   टी–२० विश्वकपका लागि अष्ट्रेलियाको टोलीमा आउन सक्नेछन् फ्रेजर म्याकगर्क ★   यामी–आदित्यलाई पुत्रलाभ, के राखे छोराको नाम ? ★   प्रधानमन्त्रीलाई काँग्रेसको जवाफ: तपाईंलाई जंगलबाट राजनीतिमा काँग्रेसले ल्याएको हो ★   रविलाई काँग्रेसको चेतावनी: काँग्रेसमाथिका लाञ्छना प्रमाणित गर्न नसके परिणाम राम्रो हुँदैन

दक्षिण कोरियामा एक लाख ६४ हजार ४८१ कोरोनाका नयाँ सङ्क्रमित



सोल । दक्षिण कोरियामा गत शनिबार मध्यरातसम्म अर्थात २४ घण्टाको समयाअवधीमा कोरोना भाइरसका एक लाख ६४ हजार ४८१ नयाँ सङ्क्रमित थपिएका छन् । यसैसँगै कुल सङ्क्रमितको सङ्ख्या एक करोड ५३ लाख ३३ हजार ६७० पुगेको स्वास्थ्य अधिकारीहरुले आइतबार बताएका छन् ।

दक्षिण कोरियमा हाल अत्यधिक रुपमा कोरोना भाइरस ओमिक्रोन भेरियन्ट फैलिएको जनाइएको छ । गत २४ घण्टा भएमा सङ्क्रमित मध्ये २८ हजार ९०१ जना सोलका बासिन्दाहरु रहेका छन् । ग्योन्गी प्रान्त र पश्चिमी बन्दरगाह सहर इन्चेनमा बसोबास गर्ने नयाँ संक्रमितको संख्या क्रमशः ४२ हजार ३५३ र ८ हजार ५९४ रहेका समाचारमा जनाइएको छ ।

हाल गम्भीर अवस्थामा रहेका संक्रमितको संख्या अघिल्लो दिनको तुलनामा १५ ले बढेर १ हजार ११४ पुगेको छ । कोभिड–१९ बाट थप ३२९ जनाको मृत्यु भएको पुष्टि भएसँगै हाल दक्षिण कोरियामा कोरोनाबाट कुल मृतकको संख्या संख्या १९ हजार ४२१ पुगेको छ । कुल मृत्यु दर ०.१३ प्रतिशत रहेको समाचारमा जनाइएको छ ।

यहाँ चार करोड ४५ लाख १४ हजार ४६२ जनाले कोरोना भाइरसविरुद्ध खोपको दुई डोज प्राप्त गरेका छन् कोरोनाको दुई डोज प्राप्त गर्ने यो संख्या कुल जनसंख्याको ८६.७ प्रतिशत भएको समाचारमा जनाइएको छ । (रासस/सिन्ह्वा)