७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनौठो तथ्य : च्याउले गर्न सक्छ एक अर्कामा कुराकानी



अ+ अ-

एजेन्सी । बेलायती वैज्ञानिकहरूले एउटा अनौठो तथ्य पत्ता लगाएका छन् । युनिभर्सिटी अफ द वेस्ट अफ इंगल्याण्डका वैज्ञानिकहरूले गरेको एक अनुसन्धानबाट च्याउले समेत एक अर्कामा कुराकानी गर्न सक्ने तथ्य पत्ता लागेको हो ।

यतिमात्र होइन च्याउसँग ५० वटा शब्दको शब्दकोष पनि हुने दाबी वैज्ञानिकहरूको छ ।

वास्तवमा यस्तो कुरा पत्याउनै गाह्रो लाग्रछ तर प्राध्यापक एन्ड्रयू एडमाट्ज्कीले विभिन्न ४ वटा च्याउका प्रजातिमा गरेको अनुसन्धानबाट यो पुष्टि भएको हो ।

उनले च्याउका ४ प्रजातिको विद्युतीय क्रियाकलापका बारेमा अधययन गरेका थिए । ती चार प्रजातिमा एनोकी, स्प्लिट गिल, घोस्ट र क्याटरपिलर फंगी हुन् ।

शोधकर्ताका अनुसार च्याउको विद्युतीय तरंग मानिसको भाषा जस्तै हुने गर्दछ । रोयल सोसाइटी ओपन साइन्समा प्रकाशित उक्त शोध प्रतिवेदन अनुसार च्याउको शब्दकोषमा कुल ५० शब्द हुन्छन् र तिनै शब्दको प्रयोग गरेर च्याउहरू आपसमा संवाद गर्दछन् ।

वैज्ञानिकका अनुसार च्याउले एक आपसमा मौसम तथा आसन्न खतराहरूका बारेमा कुराकानी गर्दछन् ।