११ भाद्र २०८३, बिहीबार
,
Latest
एमाले मधेस प्रदेशका सांसदले एक दिनको तलब बाढीपीडितलाई दिने उपराष्ट्रपति यादवद्वारा भोटेकोशी बाढीको विपत्तिमा एकजुट हुन आग्रह विपद व्यवस्थापन तथा मानवीय सहयोगको काममा एकजुट हुन कार्यवाहक प्रमुख डंगोलको अपिल विपद् प्रभावित क्षेत्रमा पशुपन्छी उद्धारका लागि प्राविधिक टोली परिचालन भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो रसुवा बाढीपीडितको उद्धार र सहयोगका लागि साउदीसँग मन्त्री यादवको अपिल संयुक्त अरब इमिरेट्सद्वारा बाढीपहिरोप्रति व्यक्त पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग बाढी प्रभावित नुवाकोटको विदुर पुगे प्रधानमन्त्री शाह, क्षतिको स्थलगत निरीक्षण बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रलेस अध्यक्षमा मधुसूदन



अ+ अ-

काठमाडौं । प्रगतिशील लेखक सङ्घको आज सम्पन्न १२औँ राष्ट्रिय सम्मेलनले डा मधुसूदन गिरीको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।

कमिटीको उपाध्यक्षमा समीर सिंह र नमूना शर्मा, महासचिवमा डा देवी दुलाल, उपमहासचिवमा बालमुकुन्द कार्की, सचिवमा दलबहादुर गुरुङ र गिरीप्रसाद बुढा तथा कोषाध्यक्षमा बाबा बस्नेत चयन हुनुभएको छ । सम्मेलनले ४६ सदस्यीय परिषद् सदस्य चयन गरेको छ ।

निर्वाचित पदाधिकारीलाई निवर्तमान अध्यक्ष डा जीवेन्द्रदेव गिरीले कार्यभार हस्तान्तरण गर्नुभयो भने निर्वाचन समितिका संयोजक हरिप्रसाद भण्डारीले सपथ दिलाउनुभयो ।