काठमाडौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय अदूरदर्शि, गैरजिम्मेवार र निन्दनीय भएको टिप्पणी गर्नुभएको छ ।
सामाजिक सञ्जालमा थापाले लेख्नु भएको छ-
अर्थतन्त्र कमजोर बन्दै गइरहेको अवस्थामा हचुवाको भरमा नेपाल राष्ट्र बैंकको गभर्नरलाई निलम्बन गर्ने सरकारको निर्णय अदूरदर्शि, गैरजिम्मेवार र निन्दनीय छ।यसले समग्र आर्थिक क्षेत्रमा गलत सन्देश प्रवाहित भएको छ।यो निर्णय तत्काल सच्याउनु राम्रो हुन्छ।प्रम@SherBDeuba को ध्यान जाओस्।