१ आश्विन २०८३, बिहीबार
,
Latest
विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा बदल्ने सरकारको योजना, इटहरीमा सात दिने सीप तथा रोजगार मेला भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी/कामदारको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट २०८३ को भैरव पुरस्कार आर.सी. रिजाललाई, प्रतिभा पुरस्कार चापागाईंलाई ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने 
तपाईं के खोज्दै हुनुहुन्छ ?

आचारसंहिता लागू हुनुअघि सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री हेरफेर हुँदै



अ+ अ-

कैलाली । नेपाली कांग्रेसलाई समेत सहभागी गराई सुदूरपश्चिम प्रदेश सरकार पूर्नगठन गरिने भएको छ ।

सत्ता गठबन्धनमा भएर पनि सरकारमा सहभागी नभएको नेपाली कांग्रेसलाई स्थानीय तह निर्वाचनका लागि आचारसंहिता लागु हुनुअघि दुई मन्त्री र एक राज्यमन्त्री दिएर प्रदेश सरकारमा सहभागी गराउन लागिएको हो ।

समाजवादीको तर्फबाट सरकारको प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीको ठाउँमा कांग्रेस संसदीय दलका नेता डा‍ रणबहादुर रावललाई ल्याउने तयारी भइरहेको छ ।

त्यस्तै, सामाजिक विकास मन्त्री लाल बहादुर खड्काको ठाउँमा कांग्रेसका प्रमुख सचेतक गोविन्द बोहरालाई ल्याउने तयारी भइरहेको छ भने सामाजिक विकास राज्य मन्त्री मना साउदको ठाउँमा कांग्रेस सचेतक टेक बहादुर रैकालाई ल्याउने तयारी भइरहेको छ ।