२ आश्विन २०८३, शुक्रबार
,
Latest
जुम्ली स्याउको बजार विस्तार र शीतभण्डारमा जोड दिन सभामुखसमक्ष आग्रह साउनमा महँगी बढ्यो,मुद्रास्फीति ५.९६ प्रतिशतमा साउनमा २ खर्ब १५ अर्ब रेमिट्यान्स भित्रियो वागमतीमा रमा आलेमगर मन्त्री नियुक्त, लिइन् पद तथा गोपनीयताको शपथ विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट तीन विधेयक संसदमा दर्ता रसुवा बाढी प्रभावित सडक–पुल पुनर्निर्माणका लागि ‘फास्ट ट्र्याक’ संयन्त्र बनाउन माग प्रधानमन्त्री साहलाई गगनको सुझावः महासभामा सबै नेपालीको भावनालाई प्रतिनिधित्व गरी प्रमाणका प्रश्तुत हुनुस् आन्तरिक रोजगारीमा सबल बन्न सके मुलुक आत्मनिर्भर बन्छ : मन्त्री यादव भोटेकोशी बाढीको क्षति विवरण सात दिनभित्र बुझाउन यातायात विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आचारसंहिता आजदेखि लागू, उल्लघंन गरेमा के–कस्तो कारबाही ?



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उलंघन गर्ने जोकोहीलाई पनि कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।

शुक्रबार निर्वाचन आचारसंहिता लागू भएको घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता उलंघन गर्ने काम क्षम्य नहुने उल्लेख गर्दै उनीहरुमाथि निर्वाचन कसुर कानुन बमोजिम कारबाही हुने बताउनु भएको हो । निर्वाचनको आचारसंहिता उलंघन गर्ने काम निर्वाचन कसुर हुने भएकाले त्यस्ता दल र उम्मेदवारलाई कारबाही गर्न आयोग सदैव तयार रहेको पनि उहाँले स्पष्ट पार्नु भयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नु भयो, ‘निर्वाचन आचारसंहीता कार्यान्वयन हुन्छ भन्ने कुरामा कुनै पनि शंका छैन । यदि कसैले आयोग समक्ष र विभिन्न गोष्ठी र कार्यक्रममा अनि तपाईँहरुसँग चाँही कार्यान्वयन गर्छ भन्यो । तर भित्रभित्रै उलंघन गर्न उद्यत भयो भने त्यो निर्वाचन कसुर हुन्छ । निर्वाचन कसुरमा कानुन बमोजिम कारबाही गर्न आयोग तयार छ । त्यो कसैलाई छुट हुँदैन । कसैलाई क्षम्य हुँदैन ।’

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन भए/नभएको अनुगमन गर्ने जिम्मेवारी तत्कालका लागि प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । निर्वाचन अधिकृतको कार्यालय स्थापना भएर जिम्मेवारी ग्रहण नगरेसम्मका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्व र जिल्ला निर्वाचन अधिकृतले सदस्य सचिवको भूमिकामा रही सो कार्य सम्पादन गर्ने अधिकार आयोगले प्रत्यायोजन गरेको पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले स्पष्ट पार्नु भयो ।

उहाँले भन्नु भयो, ‘निर्वाचन आचारसंहिता कार्यान्वयन प्रारम्भ भयो । तर हाम्रा कार्यालय र संरचना बनिसकेका छैनन् । आज नै आयोगले यो कार्यान्वयनको घोषणासँगै निर्वाचन अधिकृतको कार्यालय स्थापना भएर जिम्मेवारी ग्रहण नगरेसम्म सम्पूर्ण आचारसंहितासँग सम्बन्धित स्थानीय तहमा रहने समितिको काम, कर्तव्य र अधिकार प्रमुख जिल्ला अधिकारीले प्रयोग गर्ने गरी र सदस्य सचिवको भूमिकामा जिल्ला निर्वाचन अधिकृतले भूमिका निर्वाह गर्नेगरी अधिकार प्रत्यायोजन गरिएको छ । भोली देखिनै त्यो तदारुपताका साथ कार्यान्वयन हुन्छ ।’

निर्वाचन आयोगले स्थानीय तहको उम्मेदवार बन्नका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट सेवा, सुविधा लिएको हुन नहुने पनि स्पष्ट पारेको छ । त्यसैगरी निर्वाचन प्रचारप्रसारको क्रममा सामाजिक सञ्जाल प्रयोग गर्न पाईने तर त्यसको दूरुपयोग भने नगर्न पनि सम्बन्धित पक्षलाई सचेत गराइएको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनु भयो ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2022/03/election_codes_of_conduct.pdf”]