२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूर्यमा भीषण विस्फोट, २ लाख किलोमिटर लामो खाडल, आज पृथ्वीमा ‘आगोको आँधी’ आउन सक्ने



अ+ अ-

एजेन्सी

वासिङ्टन । सौर्य चक्रको गति बढ्दै जाँदा अन्तरिक्षको खाली ठाउँमा सूर्यबाट प्लाज्माका उच्च छालहरू उठिरहेका छन्। पृथ्वी यस प्लाज्माको ‘स्प्लास जोन’ अर्थात प्रभाव क्षेत्रमा छ।

आइतबार सूर्यको सतहमा गहिरो दरार परेको थियो । बिहीबार वा शुक्रबार सूर्यबाट प्लाज्मा द्रुत गतिमा निस्किने बेला यस दरारबाट सौर्य विकिरणको आँधी आउन सक्ने अनुमान गरिएको छ । नेशनल ओशिनिक एन्ड एटमोस्फेरिक एडमिनिस्ट्रेशन (नोआ) अन्तर्गतको अन्तरिक्ष मौसम पूर्वानुमान केन्द्रले यस्तो अनुमान गरेको हो।

सन् २०२२ अप्रिल ३ मा सूर्यमा विशाल दरार बनेको थियो जसका कारण चुम्बकीय शक्तिका साथ सौर्य तरङ्गहरू निरन्तर बढिरहेका छन्। यो दरार २० हजार किलोमिटर गहिरो र दुई लाख किलोमिटर लामो छ।

बेलायतको मौसम विभागले यसको पुष्टि गरेको छ । मौसम विभागका अनुसार सूर्यमा दुईवटा गहिरो चिरा देखिएका छन्, जसमध्ये पहिलो अप्रिल ३ र दोस्रो अप्रिल ४ मा बनेको थियो।

यी चिराहरु एक भयानक विस्फोट पछि बनेका हुन् जहाँबाट एक कोरोनल मास इजेक्शन (सीएमई) निस्कियो। सीएमई पृथ्वीको चुम्बकीय क्षेत्रसँग टक्कर हुँदा भू–चुम्बकीय आँधी उत्पन्न हुन्छ।

आँधीको प्रभाव आज वा भोलि देखिन सक्छ

बिहीबार वा शुक्रबार यस आँधीको प्रभाव पृथ्वीमा देखिने विश्वास गरिन्छ । आँधी पृथ्वीमा पुग्ने अनुमान पक्का नभए पनि ध्रुवमा रङ्गीन बत्ती देखिने सम्भावना छ ।

बेलायतको मौसम विभागले यस समयमा सूर्य र पृथ्वी यस्तो अवस्थामा रहेको बताएको छ कि पृथ्वीमा आँधीको प्रभाव देख्न सकिन्छ।

भूचुम्बकीय आँधीले ‘ब्ल्याकआउट’ निम्त्याउन सक्छ

यी भूचुम्बकीय आँधीहरू जी१ र जी२ स्तरका हुन सक्ने अनुमान गरिएको छ। धेरै बलियो हुँदा यी आँधीहरूले पृथ्वीमा उपग्रह जडानहरूलाई असर गर्न सक्छ।

यति मात्र होइन यसले पृथ्वीको कक्षमा रहेका उपग्रहहरूलाई पनि क्षति पुर्‍याउन सक्छ। केही दिनअघि नासाको सोलार डाइनामिक्स अब्जर्भेटरी अन्तरिक्ष यानले सूर्यको सतहमा सौर्य तरङ्गको फोटो खिचेको थियो।

यो सौर्य ज्वाला उही ‘हाइपरएक्टिभ’ सनस्पटबाट विष्फोट भयो जसले हप्ताको सुरुमा पृथ्वीमा अचम्मको आरोरा देखायो।