२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोविन्द बन्दी कानूनमन्त्रीमा नियुक्त, बडू उद्योगमा जाने



गाेविन्द कोइराला शर्मा
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले गोविन्द बन्दीलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त गर्नुभएको छ ।

हाल सो मन्त्रालय सम्हाल्दै आउनुभएका दिलेन्द्रप्रसाद बडूलाई उद्योग वाणिज्य मन्त्रालय दिने तयारी गरिएको बताइएको छ ।

प्रधानमन्त्री देउवाले रक्षा मन्त्रालय भने आफूसँगै राखेर मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको छ । नेकपा एसका अध्यक्ष नेपालले बन्दीलाई गत भदौमा नै कानूनमन्त्री बनाउने तयारी गर्नुभएको थियो । 

सङ्क्रमणकालीन न्यायको ज्ञाताका रुपमा चिनिनुभएका बन्दी गैरसांसद हुनुहुन्छ । नेकपा (एकीकृत समाजवादी) निकट बन्दीले वर्तमान सरकार गठनका लागि न्यायिक लडाइँमा साथ दिनुभएको थियो ।

बन्दीको सपथका लागि आवश्यक तयारी गर्न प्रधानमन्त्री कार्यालयले राष्ट्रपतिको कार्यालयलाई जानकारी गराइसकेको बताइएको छ ।