२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोविन्द बन्दी कानूनमन्त्रीमा नियुक्त, बडू उद्योगमा जाने



गाेविन्द कोइराला शर्मा
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले गोविन्द बन्दीलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त गर्नुभएको छ ।

हाल सो मन्त्रालय सम्हाल्दै आउनुभएका दिलेन्द्रप्रसाद बडूलाई उद्योग वाणिज्य मन्त्रालय दिने तयारी गरिएको बताइएको छ ।

प्रधानमन्त्री देउवाले रक्षा मन्त्रालय भने आफूसँगै राखेर मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको छ । नेकपा एसका अध्यक्ष नेपालले बन्दीलाई गत भदौमा नै कानूनमन्त्री बनाउने तयारी गर्नुभएको थियो । 

सङ्क्रमणकालीन न्यायको ज्ञाताका रुपमा चिनिनुभएका बन्दी गैरसांसद हुनुहुन्छ । नेकपा (एकीकृत समाजवादी) निकट बन्दीले वर्तमान सरकार गठनका लागि न्यायिक लडाइँमा साथ दिनुभएको थियो ।

बन्दीको सपथका लागि आवश्यक तयारी गर्न प्रधानमन्त्री कार्यालयले राष्ट्रपतिको कार्यालयलाई जानकारी गराइसकेको बताइएको छ ।




भर्खरै