• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

ठूला योजनाहरु अघि बढाउँदा प्रतिफल विश्लेषण गर्न जरुरी छ : डा. महत



काठमाडौँ । नेपाली काँग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा. रामशरण महतले चालू योजनाहरु छिटो सम्पन्न गर्ने काममा लाग्न सरकारलाई सुझाव दिनु भएको छ ।

पूर्वअर्थमन्त्री समेत रहनु भएका नेता महतले विगतमा नयाँ योजनाहरुको नाममा हल्ला हुने गरेको भन्दै चालू योजनाहरु सम्पन्न गर्ने काममा सरकारले ध्यान दिनुपर्ने स्पष्ट पार्नु भयो । बुधबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले ठूला योजनाहरु अघि बढाउँदा त्यसमा लाग्ने लागत र प्रतिफलको गम्भिर ढंगले विश्लेषण गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । विगतमा ठूलो खर्च गरेर योजनाहरु अघि बढेको भएपनि त्यसले प्रतिफल दिन नसकेको उहाँको भनाई थियो ।

पूर्व अर्थमन्त्री महतले भन्नु भयो, ‘मत के भन्छु भने–चालू योजनाहरुलाई चाँडै सम्पन्न गर्ने, विगतमा ठूल्ठूला योजनाहरु भनेर हल्ला गर्ने प्रवृत्ति देखियो । तर, त्यस्तो होईन । चालू योजनाहरु चाँडो सम्पन्न गरेर नयाँ ठूल्ठूला योजनहरु गर्दा त्यसको प्रतिफल र खर्चको विश्लेषण गरेर मात्रै अगाडि बढाउनुपर्छ । प्रशासनिक क्षमता पनि बढाउनुपर्छ । धेरै आयोजनाहरु सम्पन्न भएका छैनन् । १० वर्षदेखिको सडक आयोजनाहरु काठमाडौंमै सम्पन्न हुन सकेका छैनन् । त्यसलाई सम्पन्न गराउनुप¥यो । कर्मचारीको दरबन्दी कटौति गरेर भएपनि विकास खर्च बढाउनु प¥यो ।’

काँग्रेस नेता महतले कर्मचारीको दरबन्दी कटौति गरेर भएपनि विकास खर्च बढाउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।