५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनमा चुनावमा जाने सहमति भइसकेको छ : अध्यक्ष दाहाल



पुष्पकमल दाहाल प्रचण्ड
अ+ अ-

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा गठबन्धनमै चुनावमा जाने सहमति भइ सकेको बताउनुभएको छ । भूमिहीन, दलितलाई जग्गा धनी प्रमाण पूर्जा वितरण कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले संविधान र परिवर्तनलाई जोगाउन स्थानीय, प्रदेश र सङ्घको निर्वाचनमा गठबन्धनमै जानुपर्ने बताउनुभयो ।

दाहालले प्रतिगामीहरूलाई परास्त गर्दै लोकतान्त्रिक शक्तिहरूका बीचमा बनेको गठबन्धनको सरकार राष्ट्र र नेपाली जनताका समस्यालाई दीर्घकालीनरूपमा समाधान गर्न क्रियाशील रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सबै आ–आफ्नो ठाउँबाट लचिलो भई त्याग गर्ने मानसिकता भयो भने असम्भव भन्ने केही हुँदैन ।”

वर्षौदेखि आफ्नो पार्टीले भूमिहीन समुदायलाई भूमिपति बनाउने सङ्घर्षको सार्थकरूपको सुरूआत आज चितवनको भरतपुरबाट सुरू भएको उहाँको भनाइ छ । विसं २०३६ सालमा भूमिहीनहरूको समस्यालाई उजागर गरेर आफूले क्रान्तिको सुरूआत गरेको भन्दै भूमि प्राप्तिको राष्ट्रिय अभियानलाई द्रुत गतिमा अगाडि बढाएर सम्पूर्ण भूमिहीनहरूलाई भूमिपति बनाउन सरकार र भूमि आयोगका पदाधिकारीलाई आग्रह गर्नुभयो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई धनीपुर्जा प्रदान गरेर भूमि प्राप्तिको अभियानलाई निरन्तरता दिइने बताउनुभयो । मन्त्री श्रेष्ठले भूमिहीनलाई लालपूर्जा दिने कार्य कुनै पनि निर्वाचनले नरोक्ने बताउनुभयो ।

असली भूमिहीन नछुट्न भन्नेमा सरकार र पार्टी प्रतिबद्ध भएको भन्दै उहाँले चितवनबाट यसको सुरुआत गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “कोही भूमिहीन नछुटुन् र कोही गैर भूमिपतिहरूले भूमिहीनको नाममा जग्गा नपाउन् भन्नेमा समेत आयोगका पदाधिकारी तथा कर्मचारीहरू सजग हुनुपर्छ ।”

कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भूमिहीनहरूलाई भूमिपति बनाउने अभियानको सुरूआत भरतपुरबाट सुरु भएको भन्दै आफूले पाँच वर्ष अगाडि निर्वाचनका बेला गरेको बाचा पूरा गर्ने प्रक्रियाको सुरुआत भएको बताउनुभयो । उहाँले भन्नुभयो “भरतपुर महानगरपालिका भित्र रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासी गरी १० हजार ७७७ जनालाई पुर्जा दिएरै छाड्छौँ ।”

सो अवसरमा भरतपुर महानगरपालिका–२ आँपटारी देवकोटा चोकका भूमिहीन दलितहरूलाई पहिलो चरणमा ४६ परिवारलाई जग्गा धनीपुर्जा वितरण गरिएको हो । सोही क्षेत्रमा ६९७ जना भूमिहीन छन् । तीमध्ये दलितले पहिलो चरणमा पुर्जा प्राप्त गरेका हुन् एक परिवारले १३० वर्गमिटर नबढाई भोगचलन गर्दै आएको जग्गा दिइएको हो ।

कार्यक्रममा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला, उपाध्यक्ष नरेन्द्र खड्का, भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरी, आयोगका जिल्ला अध्यक्ष बद्री तिमिल्सिनालगायतले भूमिहीन नागरिकलाई राज्यले सम्बोधन गर्ने विश्वास दिलाउनुभयो ।




भर्खरै