• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

गठबन्धन सरकार कुहिएर झर्छ – केपी ओली



file

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार रहिरहेमा देश बर्बादीतिर धकेलिने बताउनुभएको छ ।

बुधवार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले देशमा लगानीको कुनै सम्भावना नरहेको उल्लेख गर्दै वर्तमान सरकार रहिरहेमा देश बर्बादीतिर धकेलिने बताउनुभएको हो । उहाँले बैंकसँग पनि लगानीको लागि दिने पैसा नभएकाले देश देश संकटमा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘खल्तीमा कसैको पैसा हुँदैन । बैंक त्यसैकारण खोलेका हुन् । कुनैपनि नयाँ उद्योग, व्यवसाय सुरु गर्दा बैंकबाट लोन लिनुपर्छ । दिनुपर्छ बैंकले । नयाँ लगानीका लागि कुनै सम्भावना छैन यतिखेर किनभने बैंक पैसा दिन सक्दैन । बैंक पैसा दिन सक्ने अवस्थामा छैन । यो सरकार तुरुन्तै, तुरुन्तै, तुरुन्तै ढलेन भने जतिदिन रहन्छ त्यति बढी देशलाई बर्बादीतिर धकेल्छ ।’

अध्यक्ष ओलीले गठबन्धन सरकार कुहिएर झर्ने बताउनुभयो । उहाँले सरकार ढाल्न आफुहरुले कोसिस नगर्ने स्पष्ट पार्नुभयो । एमालेले सरकारमा नभई चुनावमा ध्यान दिइरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘अहिलेको यो गठबन्धन सरकार कहिलेसम्म रहन्छ भन्ने यो कुहि सकेको छ तर कुहिएको फल पनि कुहियो भन्नेबित्तिकै खत्रक्क झर्दैन । त्यो झर्नलाई मज्जाले कुहिसक्नु पर्छ । यो कुहिदैछ । यो झर्ने बेलातिर जाँदैछ । यो झर्छ । झर्ने समय हामीले पर्खिनुपर्छ । कसैले पनि मान्छे मर्नै लागेको, बाँच्दै, बाँच्दैन त्यो भनेपनि त्यसलाई प्वाक्क हिर्काएर त्यतिबेरै मर्यो भने त्यसलाई ज्यान मुद्दा उसैगरी लाग्छ । यो सरकार ढाल्न त हामी कोसिसै गर्दैनौँ । यो ढालेको बात पनि नलागोस् क्या । यो आफैँ झरोस् । कुहिएर फतक्क झरोस् । त्यसो भएर हामी अहिले सरकारको बारेमा कतै ध्यान दिइराखेको छैनौँ । चुनावमा ध्यान दिइराखेका छौँ ।’

अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनसम्म गतिका साथ पार्टी काममा खट्न नेता, कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो ।