२० माघ २०८१, आईतवार
February 2, 2025 Sunday
Latest
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ मुलुकको अर्थतन्त्र बलियो बनाउन सबैले हातेमालो गर्नुपर्छ : महासचिव पोखरेल स्वदेशी उत्पादनको प्रयोगले मुलुकको अर्थतन्त्र बलियो हुने-मुख्यमन्त्री कार्की जसपा नेपाल कार्यकारिणी समिति बैठक एक दिन लम्बियो विराट भेट्रान अन्तरराष्ट्रिय गोल्डकपमा आयोजक टोली क्वाटरफाइनलमा सुदूरपश्चिममा एक लाख ५१ हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै आगामी निर्वाचनमा बहुमत ल्याउने गरी सङ्गठन निर्माणमा लागौँः देउवा अनलाइन जुवामा संलग्न २४ जना पक्राउ चराविद् पौड्यालको स्मृतिमा कविता संग्रह लोकार्पण र चित्रकला प्रदर्शनी विप्रेषण आप्रवाह: छ महिनामा ७ खर्ब ६३ अर्ब भित्रियो, चालु खाता बचतमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोभारको बन्दरगाह शिलान्यासमा कांग्रेसले विरोध गरेको ओलीको आरोप



अ+ अ-

काठमाडौँ। प्रमुख विपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चोभार सुक्खा बन्दरगाहको शिलान्याश गर्न लाग्दा नेपाली कांग्रेसले विरोध गरेको बताएका छन् ।

बुधबार काठमाडौँमा आयोजित नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेशलाई सम्बोधन गर्दै ओलीले सो समयमा कांग्रेसले विरोध गरेको भए पनि उद्घाटन गर्दा भने ‘हाँसेको’ प्रतिक्रिया दिएका हुन् ।

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले बन्दरगाहको उद्घाटन गरेका थिए। वीरगन्ज नाका हुँदै काठमाडौँका लागि मालवस्तु बोकेर आएको ३ वटा कन्टेनरलाई बन्दरगाह भित्र्याउँदै देउवाले मंगलबार बन्दरगाह सञ्चालनमा ल्याएका थिए । तर, ओलीले भने सो बन्दरगाह बनाउने कुरामा कांग्रेसले काम नै गर्न नदिएको भन्दै अहिले बल्ल आएर त्यसको महत्व थाहा पाएर हाँसेको ओलीको भनाई छ ।

‘चोभारमा सुख्खा बन्दरगाह बनाउन लाग्दा डिस्टर्ब गरेर शिलान्याश नै गर्न नदिएर हैरान पारेर बडो मुस्किलले शिल्लान्या गर्न पर्यो’ उनले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवाजीलाई धन्यवाद छ हिँजो उद्घाटन गर्नुभएछ ।’ बन्दरगाहले राम्रो गर्छ भनेर प्रधानमन्त्री देउवाले हिँजो आएर थाहा पाएको ओलीको भनाई छ ।

विकाश निर्माणको महत्व आफ्नो पार्टीले बुझेर नै बन्दरगाह निर्माण गरेको भन्दै ओलीले गधाको कथा सुनाएका थिए । चिडियाखानाका जनावरहरुको छलफलमा एक दिन सबै जनावर हाँसेको तर, एउटा गधामात्रै चुप लागेर बसेको तर, अर्को दिन गधामात्रै एक्लै हाँसेकोले यसबारे कुरा बुझ्दा गधाले ढिलो कुरा बुझेको कथा ओलीले सुनाएका थिए । गठबन्धन पनि यस्तै ढिलो कुरा बुझ्ने ओलीको आरोप छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ माघ ३ गते बन्दरगाहको शिलान्याश गरेका थिए । स्थानीयको विरोध र कोरोना महामारीका कारण निर्धारित मितिभन्दा करिब १ वर्ष ढिला बन्दरगाह सम्पन्न भएको हो ।