१ आश्विन २०८३, बिहीबार
,
Latest
लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति माघमा ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने, ३० हजार मेगावाटको मार्गचित्र र जलवायु उत्थानशीलता… प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम साढे १४ अर्ब पुग्यो हिन्दुकुश–हिमालय क्षेत्रमा विश्वव्यापी औसतभन्दा दोब्बर तापक्रम वृद्धि : विज्ञ खड्का खल्ती र इन ड्राइभबीच सहकार्य : चालक र यात्रु दुवैलाई दैनिक पुरस्कार जित्ने अवसर अर्थतन्त्र सुधारका लागि सांसद लिमा अधिकारीले दिइन् ६ वटा सुझाव सरकारी निर्णय प्रक्रिया अब डिजिटल प्रणालीमा, ढिलाइ भए फाइल स्वतः माथिल्लो तहमा जाने देउवालाई सभापति थापाको आग्रहः महाधिवेशन उद्घाटनमा आउनुहोस् भोटेकोशी बाढीमा ६७७ मजदुर सम्पर्कविहीन, ५१५ ट्रक तथा कन्टेनर बेपत्ताः ट्रक महासंघ आ.व.२०८२-८३ मा अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी बढे, सङ्घीय सरकारतर्फ भूमि मन्त्रालयका उजुरी धेरै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोभारको बन्दरगाह शिलान्यासमा कांग्रेसले विरोध गरेको ओलीको आरोप



अ+ अ-

काठमाडौँ। प्रमुख विपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चोभार सुक्खा बन्दरगाहको शिलान्याश गर्न लाग्दा नेपाली कांग्रेसले विरोध गरेको बताएका छन् ।

बुधबार काठमाडौँमा आयोजित नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेशलाई सम्बोधन गर्दै ओलीले सो समयमा कांग्रेसले विरोध गरेको भए पनि उद्घाटन गर्दा भने ‘हाँसेको’ प्रतिक्रिया दिएका हुन् ।

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले बन्दरगाहको उद्घाटन गरेका थिए। वीरगन्ज नाका हुँदै काठमाडौँका लागि मालवस्तु बोकेर आएको ३ वटा कन्टेनरलाई बन्दरगाह भित्र्याउँदै देउवाले मंगलबार बन्दरगाह सञ्चालनमा ल्याएका थिए । तर, ओलीले भने सो बन्दरगाह बनाउने कुरामा कांग्रेसले काम नै गर्न नदिएको भन्दै अहिले बल्ल आएर त्यसको महत्व थाहा पाएर हाँसेको ओलीको भनाई छ ।

‘चोभारमा सुख्खा बन्दरगाह बनाउन लाग्दा डिस्टर्ब गरेर शिलान्याश नै गर्न नदिएर हैरान पारेर बडो मुस्किलले शिल्लान्या गर्न पर्यो’ उनले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवाजीलाई धन्यवाद छ हिँजो उद्घाटन गर्नुभएछ ।’ बन्दरगाहले राम्रो गर्छ भनेर प्रधानमन्त्री देउवाले हिँजो आएर थाहा पाएको ओलीको भनाई छ ।

विकाश निर्माणको महत्व आफ्नो पार्टीले बुझेर नै बन्दरगाह निर्माण गरेको भन्दै ओलीले गधाको कथा सुनाएका थिए । चिडियाखानाका जनावरहरुको छलफलमा एक दिन सबै जनावर हाँसेको तर, एउटा गधामात्रै चुप लागेर बसेको तर, अर्को दिन गधामात्रै एक्लै हाँसेकोले यसबारे कुरा बुझ्दा गधाले ढिलो कुरा बुझेको कथा ओलीले सुनाएका थिए । गठबन्धन पनि यस्तै ढिलो कुरा बुझ्ने ओलीको आरोप छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ माघ ३ गते बन्दरगाहको शिलान्याश गरेका थिए । स्थानीयको विरोध र कोरोना महामारीका कारण निर्धारित मितिभन्दा करिब १ वर्ष ढिला बन्दरगाह सम्पन्न भएको हो ।




भर्खरै