२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डलाई भेट्न खुमलटार पुगे पित्तबहादुर



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) धादिङका नेता एवम् बेनीघाट रोराङ गाउँपालिका प्रमुख पित्तबहादुर डल्लाकोटी (हरि)ले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

नेकपा एमालेमा प्रवेश गरेको २४ घण्टा नबित्दै पुनः माओवादी मै फर्किएका हरी अध्यक्ष दाहाललाई भेट्न उनको नीजि निवास खुमलटार पुगेका हुन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादीबाट बेनीघाट रोराङको प्रमुखमा निर्वाचित डल्लाकोटीलाई सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर एमालेमा प्रवेश गराएका थिए ।

तर, मंगलबार एक एक विज्ञप्ती सार्वजनिक गर्दै क्षेणिक आवेग र आक्रोश आवेगमा एमाले प्रवेश गरेको जनाउँदै फेरि माओवादीमै फर्किएको डल्लाकोटीले घोषणा गरेका छन् ।

उनले प्रचण्डसामु आफूले एमाले प्रवेश गरेर गल्ती गरेको बताएका छन् ।

गल्ती गरेको महशुस गरेकाले अब काममा फर्कन प्रचण्डले डल्लाकोटीलाई निर्देशन दिएका छन् ।