• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   गिरिबन्धु टि स्टेटबारे ओलीको जवाफः बालेनलाई सोध्नुस् ★   सिलौटो बेचेर जीविकोपार्जन गर्दै धरानका विशाल ★   विपत्तिका बेला नागरिकको ज्यान जोगाउन ऐनकानुन नखोजौँ: गृहमन्त्री लामिछाने ★   टी–२० विश्वकपः नेपालको समूहका दक्षिण अफ्रिका र श्रीलंका भिड्दै ★   देउवासँगको छलफलपछि सिंहदरबारमा प्रचण्ड, ओली र नेपालबीच भेटवार्ता ★   भोजपुरको सर्वाङ्गिण विकास निर्माणका लागि सबै एक हौँ: पूर्वराष्ट्रपति भण्डारी ★   अर्बपति रुपर्ट मर्डोकले ९३ वर्षको उमेरमा २६ वर्ष कान्छीसँग विवाह गरे ★   गोदावरी नगरपालिकाका मेयर महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   शेनबाम मेक्सिकोको राष्ट्रपति निर्वाचित, सर्वोच्च राजनीतिक ओहोदामा पुग्ने पहिलो महिला ★   सुत्ने कोठामा वास्तुशास्त्रका यी कुरामा विशेष ध्यान दिनुहोस्, दाम्पत्य जीवनमा मधुरता आउनेछ

स्थानीय तहको निर्वाचन: बाँकेमा बढ्यो चुनावी सरगर्मी



राँझा । स्थानीय तहको निर्वाचन नजिकिएसँगै बाँकेमा चुनावी सरगर्मी बढ्दै गएको छ । बाँकेमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत सबै राजनीतिक दलले चुनावी अभियान सुरु गरेका छन् । वडास्तरमा निर्वाचन कार्यालय स्थापना गर्नेदेखि टोलमा समिति गठनसम्मका काम भइरहेका छन् ।

बाँकेमा एक उपमहानगरपालिका, एक नगरपालिका र छ गाउँपालिका गरी आठ स्थानीय तह तथा ८१ वडा रहेका छन् । एमालेले वडास्तरमा निर्वाचन कार्यालय स्थापना गरेर अब उम्मेदवार छनोट प्रक्रियामा लागेको एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो । उहाँले जिल्ला पदाधिकारी बैठक बसेर वडास्तरमा एकै दिन सबै वडामा सर्वसम्मत उम्मेदवार छनोटका लागि आन्तरिक पार्टी निर्देशन जारी गरिएको बताउनुभयो ।

नेपाली कांग्रेसले वडास्तरमा आफ्ना गतिविधिलाई तीव्रता दिएको छ । गठबन्धन सम्बद्ध दलहरुसँग छलफल गर्नेदेखि आफ्नो पार्टी गतिविधिलाई वडा तहमा पु¥याउने काम भइरहेको कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले बताउनुभयो । उहाँका अनुसार, वडास्तरबाट पार्टी संयन्त्र परिचालन भइरहेका छन् भने उम्मेदवारीका लागि छलफल अगाडि बढिसकेको छ ।

माओवादी केन्द्रले पार्टी सङ्गठनले छलफललाई तीव्रता दिएको छ । उम्मेदवार छनोटदेखि गठबन्धनका लागि दलहरुसँग छलफल गर्नेसम्मका काम गरिरहेको माओवादीले सङ्गठन विस्तारलाई वडा तहमा पु¥याएको जिल्ला संयोजक डम्मर विकले जानकारी दिनुभयो ।

राप्रपाले उम्मेदवार छनोट कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । एकदुई दिनमा उम्मेदवारको टुङ्गो लाग्ने जानकारी दिँदै राप्रपा महामन्त्री डा धवलशम्शेर राणाले निर्वाचन अभियानमा सिङ्गो पार्टी पङ्क्ति होमिएको उल्लेख गर्नुभयो ।

जनता समाजवादी पार्टी नेपालगञ्ज उपमहानगरपालिकामा उम्मेदवार नै टुङ्गो लगाएर प्रचारमा जुटिसकेको छ । नेपालञ्ज, डुडुवा, जानकी र नरैनापुरमा उम्मेदवार टुङ्गो लागिसकेको जिल्ला अध्यक्ष कमरुद्दिन राईले बताउनुभयो । उहाँले अन्य बाँकी पालिकामा गठबन्धनको निर्णय आएसँगै टुङ्गो लगाउने जानकारी दिँदै जसपाले चारवटा पालिकामा आफ्नो नेतृत्व पाए मात्रै गठबन्धन गर्ने गरी केन्द्रमा सिफारिस पठाइएको उल्लेख गर्नुभयो ।