५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोजपुरको सर्वाङ्गिण विकास निर्माणका लागि सबै एक हौँ: पूर्वराष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भोजपुरको सर्वाङ्गिण विकास निर्माणका लागि सबै एक भएर लाग्नुपर्ने बताउनुभएको छ ।

सोमवार काठमाडौंमा कवि शिवकुमार शर्मा पराजुलीको कविता संग्रह कोकिल लोकापूण समारोहालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भोजपुर जिल्ला आफ्नो पनि जन्मस्थान भएको बताउँदै भोजपुरसँग आफ्ना पनि कतिपय संस्मरणहरु गाँसिएको उल्लेख गर्नुभयो । उहाँले भोजपुर जिल्ला भौतिक पूर्वाधार विकासको दृष्टिकोणबाट तुलनात्मक रुपमा केही पछाडि परेको भएपनि समाज सुधार, शिक्षा, राजनीति, प्रशासनका साथै कला, साहित्य र संगीतको क्षेत्रमा मुलुकका लागि धेरै योगदान दिएको बताउनु भयो । उहाँले शिक्षासेवी एवं समाज सुधारक बालागुरु षडानन्द अधिकारी धार्मिक तथा सामाजिक सुधारकी अभियन्ता योगमाया न्यौपाने, २००७ सालका क्रान्ति नायकहरु रामप्रसाद राईको नाम सबैले सगौरव लिने गरेको स्मरण गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘भोजपुर जिल्ला म पनि जन्मिएको जिल्ला हो । भोजपुरसँग मेरा पनि कतिपय संस्मरणहरु गाँसिएका छन् । भोजपुर जिल्ला भौतिक पूर्वाधार विकासको दृष्टिकोणबाट तुलनात्मक रुपमा केही पछाडि परेको भएपनि समाज सुधार, शिक्षा, राजनीति, प्रशासनका साथै कला, साहित्य र संगीतको क्षेत्रमा मुलुकका लागि यो जिल्लाले विशिष्ट योगदान पुर्‍याएको छ । शिक्षासेवी एवं समाज सुधारक बालागुरु षडानन्द अधिकारी धार्मिक तथा सामाजिक सुधारकी अभियन्ता योगमाया न्यौपाने, २००७ सालका क्रान्ति नायकहरु रामप्रसाद राईको नाम सबै भोजपुरीहरुले सगौरव लिने ऐतिहासिक नामहरु हुन् । भोजपुरको सर्वाङ्गिण विकास निर्माणका साथै त्यहाँको बौद्धिक सम्पदा र इतिहासको जगेर्ना गर्न सबै जना निरन्तर क्रियाशिल रहनु हुनेछ ।’

पूर्वराष्ट्रपति भण्डारीले अग्रज पुस्ताको ज्ञान र अनुभवले भावी पुस्तालाई पनि प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।