१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोजपुरको सर्वाङ्गिण विकास निर्माणका लागि सबै एक हौँ: पूर्वराष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भोजपुरको सर्वाङ्गिण विकास निर्माणका लागि सबै एक भएर लाग्नुपर्ने बताउनुभएको छ ।

सोमवार काठमाडौंमा कवि शिवकुमार शर्मा पराजुलीको कविता संग्रह कोकिल लोकापूण समारोहालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भोजपुर जिल्ला आफ्नो पनि जन्मस्थान भएको बताउँदै भोजपुरसँग आफ्ना पनि कतिपय संस्मरणहरु गाँसिएको उल्लेख गर्नुभयो । उहाँले भोजपुर जिल्ला भौतिक पूर्वाधार विकासको दृष्टिकोणबाट तुलनात्मक रुपमा केही पछाडि परेको भएपनि समाज सुधार, शिक्षा, राजनीति, प्रशासनका साथै कला, साहित्य र संगीतको क्षेत्रमा मुलुकका लागि धेरै योगदान दिएको बताउनु भयो । उहाँले शिक्षासेवी एवं समाज सुधारक बालागुरु षडानन्द अधिकारी धार्मिक तथा सामाजिक सुधारकी अभियन्ता योगमाया न्यौपाने, २००७ सालका क्रान्ति नायकहरु रामप्रसाद राईको नाम सबैले सगौरव लिने गरेको स्मरण गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘भोजपुर जिल्ला म पनि जन्मिएको जिल्ला हो । भोजपुरसँग मेरा पनि कतिपय संस्मरणहरु गाँसिएका छन् । भोजपुर जिल्ला भौतिक पूर्वाधार विकासको दृष्टिकोणबाट तुलनात्मक रुपमा केही पछाडि परेको भएपनि समाज सुधार, शिक्षा, राजनीति, प्रशासनका साथै कला, साहित्य र संगीतको क्षेत्रमा मुलुकका लागि यो जिल्लाले विशिष्ट योगदान पुर्‍याएको छ । शिक्षासेवी एवं समाज सुधारक बालागुरु षडानन्द अधिकारी धार्मिक तथा सामाजिक सुधारकी अभियन्ता योगमाया न्यौपाने, २००७ सालका क्रान्ति नायकहरु रामप्रसाद राईको नाम सबै भोजपुरीहरुले सगौरव लिने ऐतिहासिक नामहरु हुन् । भोजपुरको सर्वाङ्गिण विकास निर्माणका साथै त्यहाँको बौद्धिक सम्पदा र इतिहासको जगेर्ना गर्न सबै जना निरन्तर क्रियाशिल रहनु हुनेछ ।’

पूर्वराष्ट्रपति भण्डारीले अग्रज पुस्ताको ज्ञान र अनुभवले भावी पुस्तालाई पनि प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।