१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

शेनबाम मेक्सिकोको राष्ट्रपति निर्वाचित, सर्वोच्च राजनीतिक ओहोदामा पुग्ने पहिलो महिला

शेनबाम मेक्सिकोको राष्ट्रपति निर्वाचित, सर्वोच्च राजनीतिक ओहोदामा पुग्ने पहिलो महिला
अ अ+ अ-

मेक्सिको सिटी । मेक्सिकोको पहिलो महिला राष्ट्रपतिमा क्लाउडिया शेनबाम निर्वाचित हुनुभएको छ ।

मेक्सिको सिटी निबासी ६१ वर्षीय पूर्व मेयर तथा प्रशिक्षणद्वारा वैज्ञानिक बनेका उहाँले ५८ देखि ६० प्रतिशत मत प्राप्त गरेको ‘नेसनल इलेक्टोरल इन्स्टिच्युट’ले जनाएको छ ।

विशेष गरी दुई दर्जनभन्दा बढी आकांक्षी स्थानीय राजनीतिज्ञहरूको हत्या भएको रक्तपातपूर्ण चुनावी प्रक्रियापछि भएको निर्वाचनमा मेक्सिकाले महिला नेतृत्व पाएको छ । मतदाताहरूको सुरक्षाका लागि हजारौं सैनिकहरू तैनाथ गरिएको थियो ।

शेबनामले प्राप्त गरेको मत प्रतिशत उहाँको मुख्य प्रतिद्वन्द्वी जोचिटल गाल्भेजभन्दा ३० प्रतिशत अङकभन्दा बढी हो भने लामो समयदेखि मध्यमार्गी जोर्ज अल्भारेज मेनेजभन्दा ५० प्रतिशत अङ्क बढी हो ।

निर्वाचनमा अति हिंसात्मक लागूऔषध गिरोहले आतङ्कित पारेका क्षेत्रहरूमा छिटपुट हिंसाका बावजुद ल्याटिन अमेरिकी राष्ट्र मेक्सिकोभरिका मतदान केन्द्रहरूमा मतदाताहरूको भीड लागेको थियो ।

उहाँले आफू निर्वाचित हुन पहिले नै मतदान भएको दिनलाई ‘ऐतिहासिक दिन’ का रूपमा घोषणा गर्नुभएको थियो ।

मतदानपछि शेबनामले आफूलाई आँफैले दिएको मत आफ्नो जीतका लागि नभई ९३ वर्षीया अग्रज वामपन्थी नेता इफिजेनिया मार्टिनेजको सम्मानका लागि भएको बताउनुभएको थियो ।

“लोकतन्त्र दीर्घकालसम्म रहिरहनेछ,” शेनबामले आफू निर्बाचित बनेपछि शुभचिन्तक तथा सहयोगी कार्यकर्ताको भीडलाई सम्बोधन गर्दै घोषणा गर्नुभयो ।

निर्वाचन सकिएपछि गाल्भेजले आफ्ना अनुयायीहरूलाई मतगणनालाई नजिकबाट नियाल्न आग्रह गर्नुभएको थियो ।

“हामी अधिनायकवाद र सत्ताविरुद्ध प्रतिस्पर्धा गरिरहेका छौं र उनीहरु जे पनि गर्न सक्षम छन्,” सिनेटर तथा आदिवासी मूलकी व्यवसायीसमेत रहेकी ६१ वर्षीया गाल्भेजले भन्नुभयो ।

हरेक दिन करिब १० जना महिला वा बालिकाको हत्या हुने मेक्सिकोको सबैभन्दा अग्लो राजनीतिक सिसाको छाना एक महिलाले तोडेको भन्दै बिजय र्‍यालीमा सहभागी महिलाले खुशी व्यक्त गरेका छन् ।

मेक्सिको सिटीकी ५५ वर्षीया क्लिनर क्लेमेन्सिया हर्नान्डेजले भन्नुभयो, “नवनिर्वाचित महिला राष्ट्रपति शेनबाम यो देशका लागि परिवर्तनको बाहक बन्नुहुनेछ । उहाँले महिलाका लागि अझ धेरै काम गर्नुहुनेछ भन्नेमा हामी विश्वस्त छौँ ।”

उहाँले भन्नुभयो, “मेक्सिकोमा धेरै महिला आफ्ना जीवनसाथीको अधीनमा छन् । उनीहरूलाई कामका लागि घरबाट बाहिर निस्कन दिइएको छैन । यस्तो अवस्थामा एक महिला देशको सर्वोच्च राजनीतिक पद धारण गर्नसक्नु समस्त महिलाहरूको विजय हो ।”

यद्यपि, ३० वर्षीया डेनिएला पेरेजले महिला राष्ट्रपति हुनु देशका लागि ‘ऐतिहासिक कुरा’ हुने बताउनुभयो । राष्ट्रपतिका मुख्य दुबै उम्मेदवार उहाँको विचारमा ‘पूर्णतया नारीवादी’ थिएनन् ।

रसद कम्पनीका प्रमुख व्यवस्थापक पेरेजले भन्नुभयो, “हामीले महिला अधिकारमा सुधार ल्याउन, महिला हत्याको समस्या समाधान गर्न र महिलाहरूलाई थप सहयोग गर्न उनीहरूको भूमिका हेर्नुपर्नेछ ।”

शेनबामले आफ्नो लोकप्रियताको धेरै श्रेय निवर्तमान राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरलाई दिनुभएको छ । बामपन्थी नेता तथा मोरेना पार्टीका सल्लाहाकार ओब्राडोरले राष्ट्रपतिको दोस्रो कार्यकालका लागि अनुमोदन दर ६० प्रतिशतभन्दा बढी हुँदाहुँदै पनि उहाँले दोस्रो कार्यकालका लागि आफुलाई निर्वाचनमा सहभागी गराउनुभएको थिएन ।

सडक खाना विक्रेता ५० वर्षीया रीना बाल्बुएनाले सत्तारुढ मोरेना पार्टीले वृद्धवृद्धा र बालबालिकालाई धेरै सहयोग गरेकाले आफूले शेनबामलाई मतदान गरेको बताउनुभयो ।

गोली होइन, अङ्कमाल

राजनीति, अपराध र भ्रष्टाचारको पर्यायजस्तो देखिने मेक्सिकोमा लागूऔषध तस्करहरूले आफ्ना मनपर्ने उम्मेदवारलाई जिताउन निकै हदसम्म प्रयास गरे ।

निर्वाचन सुरु हुनुभन्दा केही घण्टाअघि हिंसात्मक पश्चिमी राज्यमा एक स्थानीय उम्मेदवारको हत्या भएको अधिकारीहरूले बताएका छन् ।

मध्य मेक्सिकोको पुएब्ला राज्यमा अज्ञात व्यक्तिले मतपत्र चोर्न मतदान केन्द्रमा आक्रमण गर्दा दुई जनाको मृत्यु भएको स्थानीय सुरक्षा स्रोतले एएफपीलाई जानकारी दिएको छ ।

हिंसाका कारण दक्षिणी राज्य चियापासका दुई नगरपालिकामा मतदान स्थगित गरिएको छ ।

शेनबामले राष्ट्रपति लोपेज ओब्राडरको गोली होइन, अङ्कमाल ९हग्स नट बुलेट्स० भन्ने विवादास्पद रणनीतिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यो नारा सज्जनको लागि झट्ट सुन्दा ठीक लागेपनि मेक्सिकाका हिंसाग्रस्त समुदायमा सक्रिय आपराधिक समूहसँगको अङ्कमाल देशका लागि घातक बन्ने उहाँका आलोचकले बताएका छन् ।

शेबनामका प्रतिस्पर्धी नेता गाल्भेजले कार्टेलसँग सम्बन्धित हिंसाको लागि कडा दृष्टिकोण अपनाउने निर्वाचन अभियानको नारा बनाउनुभएको थियो भने ‘अपराधीहरूको लागि अङ्कमाल समाप्त भएको’ घोषणा गर्नुभएको थियो । कार्टेलको अर्थ स्वतन्त्र बजार सहभागीहरूको समूह हो र यसले एकअर्कासँग सहकार्य गर्दछ र साथसाथै आफ्नो नाफा सुधार गर्न र बजारमा प्रभुत्व जमाउन एकअर्कासँग प्रतिस्पर्धा नगर्न सहमत हुन्छ ।

सरकारले सन् २००६ मा लागूऔषध ओसारपसारविरुद्ध लड्न सेना परिचालन गरेयता चार लाख ५० हजारभन्दा बढी मानिसको हत्या भइसकेको छ भने हजारौँ बेपत्ता भएका छन् ।

नवनिर्वाचित राष्ट्रपतिले विशेष गरी सीमापार लागुऔषध तस्करी र बसाइँसराइ र छिमेकी मुलुक संयुक्त राज्य अमेरिकासँगको तनावपूर्ण सम्बन्धजस्ता जटिल मुद्दाहरूको व्यवस्थापन पनि गर्नुपर्नेछ ।

यो निर्वाचनबाट नयाँ राष्ट्रपति चयनसँगै संसद सदस्य, गभर्नर र असङ्ख्य स्थानीय अधिकारी चयनसहित कुल २० हजारभन्दा बढी पदहरूमा जनप्रतिनिधिको चयन भएको छ ।