८ भाद्र २०८३, सोमबार
,
Latest
श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ बेनी–जोमसोम सडकमा पहिरोको उच्च जोखिम, तर छैन भरपर्दाे पूर्वचेतावनी प्रणाली मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का घाइते कैलाली–कञ्चनपुर पुगेर मन्त्री रावलको आग्रह : लालपुर्जा वितरणको काम तीव्रता दिनुस् पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’ नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार पीपीपीका समस्या समाधान गर्न निजी क्षेत्रसँग १५ दिनभित्र सुझाव माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुत्ने कोठामा वास्तुशास्त्रका यी कुरामा विशेष ध्यान दिनुहोस्, दाम्पत्य जीवनमा मधुरता आउनेछ



अ+ अ-

एजेन्सी । वास्तुशास्त्रमा दाम्पत्य जीवनमा सुख र शान्ति प्राप्त गर्नका लागि धेरै उपायहरू बताइएका छन् । सुत्ने कोठामा वास्तुशास्त्रको नियम पालना गर्दा दाम्पत्य जीवनमा सुख प्राप्त हुन्छ ।

मिठो सम्बन्धका लागि सुत्ने कोठाको वातावरण पनि राम्रो हुनुपर्छ । यदि पति–पत्नीबीच झगडाको समस्या छ भने सुत्ने कोठामा केही परिवर्तन गर्नुपर्ने हुन्छ । सुत्ने कोठामा वास्तु दोष भएमा सम्बन्धमा तनाव उत्पन्न हुने विश्वास गरिन्छ ।

सुत्ने कोठाको ओछ्यान दक्षिण–पश्चिम दिशामा हुनुपर्छ । यस शुभ दिशामा ओछ्यान राख्नाले व्यक्तिको जीवनमा सकारात्मक प्रभाव पर्छ । ओछ्यान काठको हुनुपर्छ । फलाम वा स्टिलको ओछ्यानले घरमा नकारात्मक ऊर्जा भर्छ ।

वास्तुशास्त्र अनुसार सुत्ने कोठाको भित्ताको रंग कालो हुनु हुँदैन । पर्खालको रंग हल्का गुलाबी, हरियो वा खैरो हुनुपर्छ । बेडको विपरीत भित्तामा ऐना नराख्नुहोस् । शयनकक्षमा न्यूनतम वस्तुहरू राख्नुभयो भने आरामदायी निद्रा लाग्नेछ र शान्त वातावरण हुनेछ ।

सुत्ने कोठामा मधुरो प्रकाश हुनुपर्छ । यसले पति–पत्नीको सम्बन्धमा मधुरता ल्याउँछ ।

यसबाहेक झगडाका तस्बिरहरू भूलवश पनि राख्नुहुँदैन। यसको सट्टा प्रकृतिसँग सम्बन्धित तस्बिर राख्न सक्नुहुन्छ ।

सुत्ने कोठामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ । फोहोर सुत्ने कोठाले दाम्पत्य जीवनमा नराम्रो असर पार्ने विश्वास गरिन्छ । त्यसैले सुत्ने कोठा सधैं सफा राख्नुपर्छ । यसले सकारात्मक उर्जा पैदा गर्नेछ ।