२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्बपति रुपर्ट मर्डोकले ९३ वर्षको उमेरमा २६ वर्ष कान्छीसँग विवाह गरे



अ+ अ-

एजेन्सी । अमेरिकी अर्बपति रुपर्ट मर्डोकले ९३ वर्षको उमेरमा पाँचौं विवाह गरेका छन् । उनले रुसी मूलकी जीवविज्ञानी एलेना झुकोभालाई आफ्नो पाँचौं श्रीमती बनाएका छन् । जुकोभा रुपर्टभन्दा २६ वर्ष कान्छी छिन् ।

उनको उमेर ६७ वर्ष छ । उनीहरु दुवैले शनिबार क्यालिफोर्नियामा विवाह गरेका हुन् । दुवैले ३ महिनाअघि मात्रै इन्गेजमेन्टको घोषणा गरेका थिए । मर्डोकको कुल सम्पत्ति १९९० करोड अमेरिकी डलर छ ।

रुपर्ट मर्डोकले यसअघि २०१६ मा मोडल तथा अभिनेत्री जेरी हलसँग विवाह गरेका थिए । उनीहरु दुवैले ६ वर्षपछि २०२२ मा सम्बन्धविच्छेद गरेका थिए ।

रुपर्ट मर्डोकको पहिलो विवाह सन् १९५६ मा अस्ट्रेलियाली उडान परिचर प्याट्रिसिया बुकरसँग भएको थियो । ४ वर्षपछि सन् १९६० मा दुवैको सम्बन्धविच्छेद भयो । त्यसपछि मर्डोकले आफ्नी दोस्रो पत्नी अन्ना टोर्भसँग तीस वर्षभन्दा बढी समय बिताए ।

अन्ना एक चर्चित पत्रिकामा रिपोर्टर थिइन् । दुवैले सन् १९९९ मा सम्बन्धविच्छेद गरेका थिए । केहि महिना पछि, मर्डोकले वेन्डी डेंगसँग विवाह गरे, जुन २०१३ मा समाप्त भयो । चौथो पटक उनले सन् २०१६ मा मोडल जेरी हलसँग विवाह गरे । मर्डोकका विभिन्न विवाहबाट ६ सन्तान छन् ।