• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

टी–२० विश्वकपः नेपालको समूहका दक्षिण अफ्रिका र श्रीलंका भिड्दै



काठमाडौँ । अमेरिका र वेस्ट इन्डिजमा जारी टी–२० विश्वकप अन्तर्गत आज राति दक्षिण अफ्रिका र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपाली समयानुसार सवा ८ बजे सुरु हुनेछ । समूह डी का दुबै टोली जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छन् ।

गत विश्वकपमा केही खास गर्न नसकेको दक्षिण अफ्रिका सुपर १२ राउण्डबाट बाहिरिएको थियो । तर यसपटक टिममा केही खेलाडीहरु पनि छन् जो फर्ममा छन् ।

जसका कारण अहिले उनीहरुको टोलीमा युवा जोश र अनुभवी खेलाडीहरुको संयोजन रहेको छ ।

यस समूह डी मा यी दुई टोलीसँगै नेपाल, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । नेपालले भोलि नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।