२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्लु स्टारद्वारा मछिन्द्र पराजित



अ+ अ-

काठमाडौं । मच्छिन्द्र फुटबल क्लब एएफसी कप छनोट प्रतियोगिताअन्तर्गत पहिलो खेलमै पराजित भएको छ । मच्छिन्द्रले श्रीलङ्काको ब्लु स्टार स्पोर्टस् क्लबसँग २–१ गोलअन्तरले हार ब्यहोरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा मच्छिन्द्रले अपेक्षा गरेअनुसारको खेल प्रदर्शन गर्न सकेन । उसका लागि कप्तान सुजल श्रेष्ठले मात्र गोल गर्न सके । श्रीलङ्काको ब्लु स्टारका लागि मोहमद इशान र सेनल सन्देशले एक एक गोल गरे । मच्छिन्द्रले पटक पटक गोल गर्ने अवसर प्राप्त गरेको थियो । तर त्यसको सदुपयोग गर्न भने सकेन ।
खेलको २४औँ मिनेटमा इशानले गोल गर्दै ब्लु स्टारलाई अग्रता दिलाएका थिए । खेलको २७औँ मिनेटमा ब्लु स्टारका सन्देशले आफ्नो टोलीका लागि अर्को गोल गरे । मच्छिन्द्रका लागि खेलको इन्जुरी समयमा श्रेष्ठले गोल गरेका थिए । मच्छिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेलेको हो ।
गत वर्ष उक्त छनोट प्रतियोगितामा नेपालबाट त्रिभुवन आर्मी फुटबल क्लब सहभागी भएको थियो । अब ब्लु स्टारले दोस्रो चरणको खेल यही चैत २९ गते भारतको मोहन बगान क्लबसँग खेल्नेछ ।