२१ मंसिर २०८२, आईतवार
,
Latest
बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारमा शून्य सहनशीलता लागू गरिन्छः अध्यक्ष लिङ्देन



file photo
अ+ अ-

पर्वत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र विचारले एउटै पार्टी भएको आरोप लगाउनुभएको छ ।

पर्वत सदरमुकाम कुश्माबजारमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले यी तीन ठूला दल नामले फरक भएपनि विचारका हिसाबले फरक नभएको आरोप लगाउनुभएको हो ।

अध्यक्ष लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टी मुलुकको वैकल्पिक राजनीतिक शक्ति भएको उल्लेख गर्दै समृद्ध मुलुक निर्माणका लागि आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो दललाई विजयी गराउन सबैसँग आग्रह गर्नुभयो ।

उहाँले आगामी स्थानीय तहको निर्वाचनमा उपयुक्त वातावरण बनेमा गठबन्धन बनाएर जान सकिने बताउँदै स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएमा कक्षा १२ सम्म निःशुल्क शिक्षा, सबै स्थानीय तहमा सुविधासम्पन्न अस्पताल, हरेक महिला एवम् वृद्धवृद्धाको घरघरमै पुगेर स्वास्थ्य परीक्षण र भ्रष्टाचारमा शून्य सहनशीलता लागू गरिने धारणा व्यक्त गर्नुभयो ।