१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलङ्काको नयाँ मन्त्रिमण्डलमा चार मन्त्रीले लिए सपथ



अ+ अ-

एजेन्सी । श्रीलङ्का राष्ट्रपति गोटाबाया राजपाक्षले सोमबार चार मन्त्रीलाई नियुक्त गर्नुभएको छ ।

उहाँहरूले सोमबार नै पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रमा गम्भीर आर्थिक र राजनैतिक सङ्कटको बीचमा पूरानो मन्त्रीमण्डलका सबै मन्त्रीहरूले आफ्नो राजीनामा दिएपछि आएको स्थितिलाई सम्हाल्दै नयाँ मन्त्रीमण्डलको घोषणा गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका अधिकारीहरूका अनुसार पूर्व न्याय मन्त्री अली सबारीले अर्थमन्त्रीको रूपमा शपथ लिनुभएको छ भने जी।एल। पेइरिस विदेश मन्त्री, दिनेश गुनवर्देना शिक्षा मन्त्री र जोन्सटन फर्नान्डो राजमार्ग मन्त्रीको रूपमा सपथ लिनुभएको छ ।

अधिकारीहरूले यदि विपक्षी दलहरू एकताबद्ध सरकार गठन गर्न सहमत भएमा उनीहरूलाई पनि मन्त्रीमण्डलमा राखिने बताएका छन् ।

श्रीलङ्काको आर्थिक सङ्कट, दैनिक घण्टौं लामो लोडसेडिङ र इन्धन अभाव तथा अन्य अत्यावश्यक आपूर्तिलाई समाधान गर्न सरकारले तत्काल कदम चाल्न आह्वान गर्दै सार्वजनिक विरोध प्रदर्शन गरेको धेरै दिन भइसकेको छ ।

श्रीलङ्काका नयाँ मन्त्रीहरूले आर्थिक अस्थिरता र दक्षिण एसियाली देशमा इन्धनको गम्भीर अभावबीच बढ्दो विरोधको आह्वानको जवाफमा आइतबार राति आफ्नो पदबाट राजीनामा दिने प्रस्ताव गरेका थिए । सोमबार राष्ट्रपति राजपाक्षले जारी सङ्कटको समाधान खोज्न सरकारमा सहभागी हुन सबै राजनीतिक दललाई आग्रह गर्नुभएको छ ।