८ भाद्र २०८३, सोमबार
,
Latest
‘खर्क नीति’ लाई समयसापेक्ष परिमार्जन गरी मुलुकको समृद्धिमा जोडौँः सांसदहरु विशेष महाधिवेशन पक्षधरले भ्रमको खेती फैलाए : कांग्रेस नेता खड्का हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढ़ी खाचोँ छ : राष्ट्रपति श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ बेनी–जोमसोम सडकमा पहिरोको उच्च जोखिम, तर छैन भरपर्दाे पूर्वचेतावनी प्रणाली मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का घाइते कैलाली–कञ्चनपुर पुगेर मन्त्री रावलको आग्रह : लालपुर्जा वितरणको काम तीव्रता दिनुस् पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’
तपाईं के खोज्दै हुनुहुन्छ ?

राहदानी बनाउनेको भीड



फाईल फोटो
अ+ अ-

काठमाडौं । पछिल्लो समय राहदानी बनाउनेको भीड बढेको छ ।

परराष्ट्र मन्त्रालयअन्तर्गत रहेको राहदानी विभागमा केही समययता राहदानी बनाउनेको लर्को नै देखिन्छ । बिहानै झिसमिसेदेखि नै राहदानी बनाउन लाममा बस्नेको ताँती लाग्ने गरेको छ ।

कोभिड–१९ सङ्कटका कारण विदेश आवतजावत कम भएकाले विगतमा झन्डै दुई वर्ष राहदानी बनाउनेको सङ्ख्या निकै कम रहेको विभागले जनाएको छ । अब कोभिड खोप अभियान र कोभिडविरुद्धको सावधानी बढेसँगै अवस्था सहज नबनेकाले पनि नयाँ राहदानी बनाउनेहरू बढेको विभागका महानिर्देशक डोरनाथ अर्यालले बताए ।

उनका अनुसार वैदेशिक रोजगारीको अवसर र मार्ग दुवै खुलेकाले पनि राहदानी बनाउनेको भीड लागेको हो । उनले भने, “दशैँ आसपास प्रायः राहदानी बनाउनेको भीड नै हुन्छ, त्यसमाथि यस पटक कोभिड महामारीको बन्दाबन्दी पनि खुलेकाले बढी भीड देखिएको हो ।”

विभाग नयाँ विद्युतीय राहदानी नेपाल भित्र्याउने तरखरमा रहेका बेला मिति सकिएकै कारण पनि कतिपय नेपाली नागरिक बाध्यतावश हालकै अवस्थामा एमआरपी राहदानी बनाउन आएका छन् । आउनेमध्ये विदेशमा रहेका आफन्तको साथमा दशैँ, तिहार मनाउने उद्देश्यका साथ त्यता जान राहदानी तथा अन्य कागजपत्र बनाउन आउने गरेको उनले बताएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।