७ श्रावण २०८३, बिहीबार
,
Latest
नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान शैक्षिक परामर्श नियमावलीमा देखिएका त्रुटी सच्याउन सरकार तयार पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने पेस्की असुलीमा कडाइ गर्दै प्रदेश खेलकुद विकास बोर्ड गण्डकीका दुई मन्त्रालयको वार्षिक प्रगति समीक्षा व्यवसायी शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश ‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’ एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबीच छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिकोणात्मक सिरिज नेपाललाई, पीएनजी ५० रनले पराजित



अ+ अ-

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलाको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा भएको फाइनल खेलमा नेपालले पपुवा न्युगिनीलाई ५० रनले हराउँदै उपाधि हात पारेको हो ।

१६९ रनको विजयी लक्ष्य पछ्याएको पीएनजीले १६.१ ओभरमा अलआउट हुँदै ११८ रनमात्र जोड्यो ।

पीएनजीका लागि सेसे बाउले सर्वाधिक ३८ बलमा ५९ रन जोडे । उनले ६ छक्का र १ चौका प्रहार गरे । यस्तै, लेगा सिएकाले १४ बलमा ८, आशाद भालाले ९ बलमा ८, आल्र्स आमिनीले १४ बलमा १५ रन जोडे ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले चार, करण केसीले तीन विकेट लिए भने सन्दीप लामिछानेले दुई विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको नेपालले पीएनजीलाई १६९ रनको विजयी लक्ष्य दिएको थियो । नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा १६८ रन जोड्यो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ्स खेले । उनले ३८ बलमा ५४ रन जोडे । उनले ५ चौका प्रहार गरे । यस्तै, करण केसीले मात्र १२ बलमा ३३ रनको योगदानी दिए । उनले ५ चौका र १ छक्का प्रहार गरे ।

यस्तै, ओपनर कुशल भुर्तेलले २२ बलमा २५, आरिफ शेखले २९ बलमा २९ रन जोडे । रोहित पौडेल २ रनमा आउट हुँदा आरिफ शेख र दिलीप नाथले खाता खोल्न सकेनन् । आदिल आलमले १३ बलमा १५ रन जोड्दै पेभिलियन फर्किए ।

पीएनजीका लागि सेमो कमिआले तीन विकेट लिँदा चाड सोपर, कावुआ मोरीआ र रिले हेकुरेले एक–एक विकेट लिए ।

नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो । लिगमा नेपालले पीएनजीलाई १५ रन र ३७ रनले हराएको थियो भने मलेसियालाई ६ विकेट र ८५ रनले पराजित गरेको थियो । दुई ओडिआई खेलको सिरिजमा भने नेपालविरुद्ध पपुवा न्युगिनीले क्लिनस्विप गरेको थियो ।

नेपाल, पपुवा न्युगिनी र मलेसिया सहभागी त्रिकोणात्मक टी–ट्वान्टी श्रृङ्खलाको ‘प्लेयर अफ दी सिरिज’ नेपालका ऐरी घोषित भए । उनले प्रतियोगिता अवधिभर पाँच खेलमा २५५ रन बनाउनुका साथै सात विकेटसमेत लिए । ऐरी आजको फाइनल खेलको ‘प्लेयर अफ दी म्याच’ समेत भए ।