२५ श्रावण २०८३, सोमबार
,
Latest
विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन चुरे विनाशको असर : दाङमा रोपाइँ प्रभावित प्रतिनिधिसभा तीन विधेयक प्रस्तुत परराष्ट्र मन्त्रालयको भवन निर्माण आगामी वर्षदेखि सुरुआत गरिने २८ गतेसम्म निकास नआए कांग्रेसले नयाँ कार्यदिशा तय गर्छ : मोहनबहादुर बस्नेत चिनियाँ राजदूत झाङ माओमिङद्वारा प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट प्रतिपक्षले प्रश्न गर्दा ‘ओलीको कार्यकर्ता’ भनिएकोमा राप्रपा नेता शाहीको आपत्ति सरकार–सञ्चारमाध्यम सम्बन्ध सुदृढ बनाउन शिक्षामन्त्री पोखरेलले गरे सम्पादकहरूसँग छलफल राष्ट्रिय गौरवका आयोजनाका लागि एउटै प्रभावकारी कानून बनाऔँ : सांसद डाँगी धार्मिक असहिष्णुता रोक्न स्पष्ट कानूनी र नैतिक आधार आवश्यकः सांसद महन्थ ठाकुर
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल ११ औं खेलः चेन्नई र पञ्जाब आमनेसामने हुँदै



अ+ अ-

एजेन्सी । आईपीएलको १५ औँ सिजनको ११ औं खेल अन्तर्गत चार पटकको च्याम्पियन टोली चेन्नई सुपर किंग्स र पञ्जाब किंग्सले प्रतिस्पर्धा गर्दैछन् ।

चेन्नई र पञ्जाबको टोली आइतबार राति (७ः४५ बजे) मुम्बईको ब्रेबोर्न स्टेडियममा भिड्नेछन् । चेन्नईले पहिलो दुई खेलमा हार बेहोरेको छ । यस्तै पञ्जाबले एक खेलमा जित र एकमा हार बेहोरेको छ । अब तेस्रो खेलमा दुवै टोलीले प्लेइङ इलेभेनमा के परिवर्तन गर्छन् भन्नेमा रहेको छ ।

कोलकाता नाइट राइडर्सविरुद्धको पहिलो खेलमा चेन्नईका ब्याट्सम्यान र बलर दुबै चल्न सकेनन् । पहिलो खेलमा टोलीले लज्जास्पद हार बेहोरेको थियो । यसपछि लखनउ सुपर जाइन्ट्स विरुद्धको दोस्रो खेलमा ब्याट्सम्यानले धमाकेदार प्रदर्शन गरेपनि बलरहरुले फेरि निराश बनाए । डेथ ओभरमा टिममा विशेषज्ञ बलरको अभाव खड्कियो ।

पञ्जाबविरुद्धको चेन्नईको टोलीमा दुई परिवर्तन देख्न सकिन्छ । अन्डर–१९ विश्वकप विजेता टोलीका सदस्य राजवर्धन हंगेरगेकर र इङ्ल्यान्डका अनुभवी अलराउन्डर क्रिस जोर्डनले पहिलो पटक चेन्नईबाट खेल्ने मौका पाउन सक्छन् । टन्सिलको संक्रमणका कारण छ दिनसम्म जोर्डन अस्पताल भर्ना भएका थिए । अब उनी फर्कने तयारीमा छन् । रविन्द्र जडेजाले उनलाई मौका दिन्छन् कि दिँदैनन् त्यो हेर्न बाँकी छ ।

पञ्जाबको कुरा गर्ने हो भने उसले आरसीबीविरुद्ध २०६ रनको लक्ष्य हासिल गर्दै सानदार जित निकालेको थियो । तर, यसपछि टोलीले कोलकाता नाइट राइडर्सविरुद्ध लज्जास्पद प्रदर्शन गर्‍यो । ब्याट्सम्यान र बलर दुबैले फ्यानहरुलाई निराश बनाए । पञ्जाब टोलीले आफ्नो तेस्रो खेलमा दुई परिवर्तन गर्न सक्छ । टोलीमा इंग्ल्यान्डका विस्फोटक ब्याट्सम्यान जोनी बेयरस्टो र भारतीय अलराउन्डर ऋषि धवनलाई समावेश हुन सक्नेछन् । यस्तो अवस्थामा उत्कृष्ट ब्याट्सम्यान भानुका राजपाक्षे र दुई खेलमा निराश पारेका राज बावाले बाहिर बस्नुपर्ने हुनसक्छ ।

चेन्नई सुपर किंग्सको सम्भावित प्लेइङ–११
ऋतुराज गायकवाड, रोबिन उथप्पा, मोइन अली, अम्बाती रायुडु, शिवम दुबे, रविन्द्र जडेजा (कप्तान), महेन्द्र सिंह धोनी (विकेटकीपर), ड्वेन ब्राभो, क्रिस जोर्डन, राजवर्धन हंगेरगेकर, ड्वेन प्रिटोरियस ।

पञ्जाब किंग्स सम्भावित प्लेइङ–११
मयांक अग्रवाल (कप्तान), शिखर धवन, जोनी बेयरस्टो (विकेटकीपर), लियाम लिभिङ्स्टन, ओडियन स्मिथ, शाहरुख खान, ऋषि धवन, हरप्रीत ब्रार, कागिसो रबाडा, अर्शदीप सिंह, राहुल चाहर ।