१८ आश्विन २०८१, शुक्रबार
,
Latest
अमिताभ बच्चनको पहिलो तमिल फिल्म ‘वैट्टैयन’ को ट्रेलर रिलिज, ७३ वर्षको उमेरमा एक्सन गर्दै रजनीकान्त दशैँमा काठमाडौंमा खसी–च्याङ्ग्राको मासुको कमी हुन दिँदैनौँ: व्यवसायी राष्ट्रपति पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष दाहालको भेट छैटौं एशियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने अफगानिस्तानका स्टार स्पिनर राशिद खानले गरे विवाह हेलेन आँधीका कारण अमेरिकामा २१० भन्दा बढीको मृत्यु ग्लोबल आइएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा विशेष छुटको सुविधा परिवारलाई सहयोग गर्न इँटा भट्टामा काम गर्छन् अफगान बालबालिकाहरू धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता स्थगित मुस्ताङमा बाह्य पर्यटकको चहलपहल बढ्न थाल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव बेचबिखन नियन्त्रण गर्न तथ्याङ्क व्यवस्थापन आवश्यक



अ+ अ-

रुपन्देही । मानव बेचबिखन तथा ओसारपसार रोकथामका लागि प्रभावकारी योजना निर्माण गर्न स्थानीयस्तरमा तथ्याङ्क व्यवस्थापन आवश्यक रहेकामा जोड दिइएको छ । माइती नेपालको आयोजनामा आज बुटवलमा भएको मानव बेचबिखन तथा ओसारपसारसँग सम्बन्धित तथ्याङ्क व्यवस्थापन विषयक अभिमुखीकरण कार्यक्रमका सहभागीले मानव बेचबिखन रोक्नका लागि सरकार पक्षबाट योजना निर्माण तथा अनुसन्धान प्रक्रिया प्रभावकारी बनाउन तथ्याङ्क सङ्कलन र व्यवस्थापन जरुरी रहेको बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्यले नगरका काम चुस्तदुरुस्त बनाउन तथ्याङ्क सङ्कलन र व्यवस्थापन अनिवार्य भएको बताउनुभयो । उहाँले बुटवललाई लैङ्गिक हिंसामुक्त सहर निर्माणका लागि रणनीतिक कार्ययोजना बनाएर काम अघि बढाइएकाले मानव बेचबिखन रोकथामलाई पनि यसमा समेटिएको बताउनुभयो । 

समुदायमा बेचबिखन र हिंसामा पर्न सक्ने व्यक्ति तथा जोखिम समूह पत्ता लगाउन उपमहानगरका टोलटोलमा निगरानी समूह गठन गरिएको जानकारी गराउँदै उहाँले अब तथ्याङ्कलाई समेत थप व्यवस्थित गरेर कार्यक्रम कार्यान्वयन गर्ने उल्लेख गर्नुभयो ।

सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्लेले तथ्याङ्क व्यवस्थित गर्न नसक्दा अनुमानकै भरमा काम गर्नुपरेको अनुभव सुनाउनुभयो । उहाँले भन्नुभयो, “तथ्याङ्कका आधारमा काम गर्दा कार्यक्रमको प्रतिफल राम्रो आउँछ तर अनुमानका भरमा कार्यक्रम गर्दा नतिजा राम्रो आउँदैन ।” उहाँले कम समयमा र कम लगानीमा गरिने कार्यक्रमको प्रतिफल नगण्य हुने भएकाले यसका लागि तथ्याङ्क सङ्कलन र व्यवस्थापनमा ध्यान दिन आवश्यक भएको धारणा राख्नुभयो ।

कार्यक्रममा सहजीकरण गर्दै माइती नेपालका अनुगमन तथा मूल्याङ्कन अधिकृत रवीन्द्र सापकोटाले जोखिममा परेका र जोखिमबाट बचेका समूहको एकीकृत तथ्याङ्क व्यवस्थापन र सूचना प्रणालीको विकास तथा जोखिमयुक्त समुदायको अनुगमनलगायतका विषय राष्ट्रिय कार्ययोजनामा समेटिएको जानकारी गराउँदै छिट्टै तथ्याङ्क सङ्कलन र व्यवस्थापनको विषयलाई वडास्तरसम्मै पुर्याएर सरकारलाई सहयोग गर्ने बताउनुभयो । उहाँले तथ्याङ्क व्यवस्थापनका लागि सफ्टवेयर निर्माणको तयारी भइरहेकाले त्यसका लागि सुझाव सङ्कलनको काम भइरहेको बताउनुभयो ।

कार्यक्रममा सैनामैना नगरपालिकाका शिक्षा शाखा प्रमुख हेमराज अर्याल, इन्सेक प्रतिनिधि रिमा बिसी, प्रहरी सहायक निरीक्षक युवराज चन्दलगायतले छिटोछरितो कामका लागि तथ्याङ्क व्यवस्थापन आवश्यक रहेकोमा जोड दिनुभयो ।