२९ चैत्र २०८१, शुक्रबार
April 11, 2025 Friday

16.27°C

काठमाडौं

16.27°C

Kathmandu

Feels-like: 16.41

Wind: 2.06

Humidity: 94

Latest
विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने गोली लागेर एक सैनिकको मृत्यु विसु पर्व मनाउन घर फर्कदै नेपाली खेलकुद राष्ट्रको पहिचान र गौरवको आधारशिला हो मादी नदीमा डुबेर बालकको मृत्यु शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह केन्द्रीय समितिको बैठकबारे रास्वपाका कार्यवाहक सभापति अर्यालले कारागारमै पुगेर गरे सभापति रविसँग छलफल डेडिकेटेड तथा ट्रंकलाइन विवाद समाधान गर्न उद्योगीसँग छलफल सभामुख घिमिरेद्वारा दिगवङ्त सांसद बोहोराप्रति श्रद्धान्जली व्यक्त नेपाली साहित्यको विकासमा मस्र्याङ्दी प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेलेन आँधीका कारण अमेरिकामा २१० भन्दा बढीको मृत्यु



अ+ अ-

एजेन्सी । अमेरिकामा आएको हेलेन आँधीका कारण अहिलेसम्म २१० जनाभन्दा बढीको मृत्यु भएको छ । नर्थ क्यारोलिनामा हेलेनका कारण सबैभन्दा बढी क्षति पुगेको छ ।

अमेरिकाको दक्षिणपश्चिमी क्षेत्रमा ‘हेलेन’ आँधीका कारण मृत्यु हुनेको सङ्ख्या २०० नाघेको छ धने व्यापक भौतिक क्षति पुर्‍याएको छ । अमेरिकी उद्धारकर्ताहरूले आँधीबाट बचेकाहरूको खोजी कार्य जारी राखेका छन्।

नर्थ क्यारोलिनामा हेलेनका कारण आधाभन्दा बढी मानिसको मृत्यु भएको छ । हेलेन सन् २००५ मा आएको क्याट्रिना आँधीपछिको सबैभन्दा घातक आँधी साबित भएको छ ।

सन् २००५ मा यहाँ आँधीबेहरीका कारण एक हजार ८०० भन्दा बढीको मृत्यु भएको थियो ।

‘हेलेन’ आँधी आएको करिब एक साता बितिसक्दा पनि त्यस क्षेत्रमा सयौं मानिस हराइरहेका छन् भने करिब आठ लाख घरअझै पनि विद्युत्विहीन छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार आँधीप्रभावित क्षेत्रको हवाई भ्रमण गरेपछि जर्जियाको रे सिटीमा बाइडेनले प्रभावितहरूलाई भन्नुभयो, “म तपाईंलाई देख्छु, म तपाईंको कुरा सुन्दैछु, म तपाईंसँग दु:खी छु, र म तपाईसँग प्रतिज्ञा गर्छु, हामी तपाईंको साथमा छौं।”