२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागार्जुनले मन्त्री कोन्डा सुरेखाविरुद्ध उजुरी दिए



अ+ अ-

एजेन्सी । साउथ अभिनेता नागार्जुनका छोरा नागा चैतन्य र सामन्था रुथ प्रभुको सम्बन्धविच्छेदको मुद्दा चर्चामा छ ।

यस्तो अवस्थामा नागार्जुनले तेलंगाना सरकारमा वन तथा वातावरण मन्त्री कोन्डा सुरेखाविरुद्ध उजुरी दिएका छन् ।

कोन्डा सुरेखाले जानाजानी आफ्नो परिवारको इज्जतमा आँच पुर्याउन अपमानजनक अभिव्यक्ति दिएको उनले उजुरीमा उल्लेख गरेका छन् ।

वास्तवमा, तेलंगाना सरकारकी मन्त्री कोन्डा सुरेखाले अभिनेत्री सामन्था रुथ प्रभु र अभिनेता चैतन्यको सम्बन्धविच्छेदमा टिप्पणी गरेकी थिइन् ।

उनले भारत राष्ट्र समिति (बीआरएस)का कार्यकारी अध्यक्ष केटीआर विरुद्ध गम्भीर आरोप लगाएकी थिइन् र सामन्था र नागा चैतन्यलाई अलग गर्नको पछाडि उनको हात रहेको बताएकी थिइन् ।

अक्टोबर २ मा मिडियासँग कुरा गर्दै कोन्डा सुरेखाले भनेकी थिइन्, ‘सामन्था र नागा चैतन्यको छुट्टिने पछाडि केटीआरको हात छ । उनको प्रभावमा कैयौं अभिनेत्रीले हतारमा विवाह गरे र कतिपयले सिनेमा छोडे पनि ।’

यसका साथै कोन्डा सुरेखाले थप भनिन्, ‘केटीआरले लागूऔषध सेवन गरे र धेरै अभिनेत्रीलाई यसको लत लगाए । साथै, उनले तीनिहरुको व्यक्तिगत जानकारी निकाल्न फोन ट्याप पनि गरे।’

नागार्जुनलगायत धेरैले उनको भनाइप्रति आपत्ति जनाएका छन् । त्यसपछि विवाद बढ्दै गएपछि सुरेखाले आफ्नो शब्द फिर्ता लिइन् ।

सामन्थाले पनि मन्त्रीको भनाइको आलोचना गरेकी छन् । उनले सम्बन्धविच्छेद सहमतिमा भएको र कृपया यस्ता अभिव्यक्ति दिएर आफ्नो यात्रालाई अप्ठ्यारो नबनाउन र जनताको व्यक्तिगत जीवनलाई सम्मान गर्ने र यसमा हस्तक्षेप नगर्न आग्रह गरिन् ।