१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागार्जुनले मन्त्री कोन्डा सुरेखाविरुद्ध उजुरी दिए



अ+ अ-

एजेन्सी । साउथ अभिनेता नागार्जुनका छोरा नागा चैतन्य र सामन्था रुथ प्रभुको सम्बन्धविच्छेदको मुद्दा चर्चामा छ ।

यस्तो अवस्थामा नागार्जुनले तेलंगाना सरकारमा वन तथा वातावरण मन्त्री कोन्डा सुरेखाविरुद्ध उजुरी दिएका छन् ।

कोन्डा सुरेखाले जानाजानी आफ्नो परिवारको इज्जतमा आँच पुर्याउन अपमानजनक अभिव्यक्ति दिएको उनले उजुरीमा उल्लेख गरेका छन् ।

वास्तवमा, तेलंगाना सरकारकी मन्त्री कोन्डा सुरेखाले अभिनेत्री सामन्था रुथ प्रभु र अभिनेता चैतन्यको सम्बन्धविच्छेदमा टिप्पणी गरेकी थिइन् ।

उनले भारत राष्ट्र समिति (बीआरएस)का कार्यकारी अध्यक्ष केटीआर विरुद्ध गम्भीर आरोप लगाएकी थिइन् र सामन्था र नागा चैतन्यलाई अलग गर्नको पछाडि उनको हात रहेको बताएकी थिइन् ।

अक्टोबर २ मा मिडियासँग कुरा गर्दै कोन्डा सुरेखाले भनेकी थिइन्, ‘सामन्था र नागा चैतन्यको छुट्टिने पछाडि केटीआरको हात छ । उनको प्रभावमा कैयौं अभिनेत्रीले हतारमा विवाह गरे र कतिपयले सिनेमा छोडे पनि ।’

यसका साथै कोन्डा सुरेखाले थप भनिन्, ‘केटीआरले लागूऔषध सेवन गरे र धेरै अभिनेत्रीलाई यसको लत लगाए । साथै, उनले तीनिहरुको व्यक्तिगत जानकारी निकाल्न फोन ट्याप पनि गरे।’

नागार्जुनलगायत धेरैले उनको भनाइप्रति आपत्ति जनाएका छन् । त्यसपछि विवाद बढ्दै गएपछि सुरेखाले आफ्नो शब्द फिर्ता लिइन् ।

सामन्थाले पनि मन्त्रीको भनाइको आलोचना गरेकी छन् । उनले सम्बन्धविच्छेद सहमतिमा भएको र कृपया यस्ता अभिव्यक्ति दिएर आफ्नो यात्रालाई अप्ठ्यारो नबनाउन र जनताको व्यक्तिगत जीवनलाई सम्मान गर्ने र यसमा हस्तक्षेप नगर्न आग्रह गरिन् ।