६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तारुढ गठबन्धनको निर्णयः ‘स्थानीय तहको निर्वाचनमा तालमेल गरेर अघि बढ्ने’ (भिडियोसहति)



फाइल फोटो
अ+ अ-

काठमाडौं । पाँच दलीय सत्तारुढ गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ । बिहीवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको ५ दलीय गठबन्धनको बैठकले आगामी स्थानीय तहको निर्वाचनमा ५ दलहरु मिलेर निर्वाचनमा सहभागी हुने निर्णय गरेको हो । बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन एक ठाउँमा खडा रहने बताउनु भयो ।

उहाँले स्थानीय तहको निर्वाचनमा तालमेल गर्नका निमित्त अब निमित्त गठबन्धनमा सहभागी दलहरुका प्रदेश स्तरीय प्रमुख, जिल्लास्तरीय प्रमुख र गाउँपालिकाका प्रमुखहरुको एउटा संयन्त्र बनाउने र उक्त संयन्त्रले आफ्नो पार्टीको विवरण बुझाएपछि स्थानीय तहको निर्वाचनमा गठबन्धनको तालमेलमा सहभागी बन्ने बताउनु भयो ।

मन्त्री कार्कीले भन्नुभयो, ‘आज मुल रुपमा सम्माननीय प्रधानमन्त्रीजीको भोलिदेखि हुने भारत भ्रमणको निमित्त सबै गठबन्धन दलका नेताहरुले उहाँलाई भ्रमण सफलताको शुभकामना व्यक्त गर्नुभएको छ । त्यस्तै गरेर वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा ५ दलीय गठबन्धनले तालमेल गरेर अघि बढ्ने निर्णय भएको छ । त्यसका निमित्त आ–आफ्ना दलहरुका प्रदेश स्तरीय प्रमुखहरु हुनुहुन्छ, उहाँहरुको एउटा समिति बनेको छ, त्यसले प्रदेशस्तरीय काम प्रारम्भ गर्छ । त्यस्तै गरेर जिल्लास्तरमा जिल्लास्तरीय प्रमुखहरुको एउटा समिति बन्छ ।

त्यो समितिले आफ्नो काम प्रारम्भ गर्छ । त्यस्तै गरेर गाउँपालिका स्तरमा गाउँपालिकाका प्रमुखहरुको एउटा संयन्त्र बन्छ र त्यसले काम गरेर २२ गतेभित्रमा आफ्नो प्रदेश, जिल्ला र गाउँपालिकामा ५ दलको अवस्था कस्तो छ, त्यसको बारेमा केन्द्रलाई विस्तृत रुपले आफ्नो प्रतिवेद पेस गर्दछ । र समग्रमा भन्दा हामी वैशाख ३० गते सम्पन्न हुने निर्वाचनमा ५ दलीय गठबन्धन एक ठाउँमा उभिएर राष्ट्रियसभाको झैँ चुनाव लड्नेछौँ, त्यही निर्णय भएको छ । ५ दलीय गठबन्धन एक ठाउँमा उभिएर आगामी स्थानीय तहको निर्वाचनमा खडा हुन्छ ।’

मन्त्री कार्कीले बैठकमा सहभागी गठबन्धनका नेताहरुले भोलि (शुक्रवार) भारत भ्रमणमा जान लाग्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवालाई भ्रमण सफलताको शुभकामना दिएको पनि बताउनु भयो । भ्रमणमा प्रधानमन्त्री देउवाले नेपाल र भारतको बीचमा सरकार–सरकारको मात्रै नभइ जनता– जनताको स्तरमा पनि सम्बन्ध भएकोले यी सम्बन्धलाई प्रगाढ बनाउने, विकसित गर्ने र दुई देश बीचमा देखिएका समस्याहरुको हल गर्न उच्चस्तरको राजनीतिक र कुटनीतिक पहल गर्ने बताउनु भयो ।