१ आश्विन २०८३, बिहीबार
,
Latest
फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट २०८३ को भैरव पुरस्कार आर.सी. रिजाललाई, प्रतिभा पुरस्कार चापागाईंलाई ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने  ‘बायोटेक्नोलोजिस्ट’ को दरबन्दी थप्न पहल गर्छुः मन्त्री चौधरी सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा देवानगञ्ज र गोलबजार घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सांसद मण्डलको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

एआईजी बढुवामा विवाद : वरिष्ठ डिआईजीद्वारा सर्वोच्चमा रिट दायर



अ+ अ-

काठमाडौँ । नेपाल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवामा विवाद देखिएको छ । आफूहरुलाई छोडेर कनिष्ठ डिआइजीहरुलाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णयविरुद्ध वरिष्ठ डिआईजीहरुले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका छन् ।

डिआईजीहरु घनश्याम अर्याल, प्रकाशजङ्ग कार्की र ईश्वरबाबु कार्की ले मुद्दा दायर गर्नुभएको हो । सरकारले तीन डिआईजीहरु वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

गृह मन्त्रालयको बढुवा सिफारिस समितिले यही चैत १ गते उनीहरुलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । सो सिफारिसविरुद्ध लोकसेवा आयोगमा समेत उजुरी परेको थियो ।

लोकसेवा आयोगमा उजुरी परेपछि उनीहरुको नियुक्तिमा केही ढिलाई भएको थियो । समितिले बढुवा गरेको सिफारिसलाई लोकसेवा आयोगले सदर गरेपछि मन्त्रिपरिषद्को बैठकले बढुवा गर्ने निर्णय गरेको थियो ।