१९ मंसिर २०८२, शुक्रबार
,
Latest
हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली काँग्रेस गठबन्धन गरेरै अघि बढ्ने पक्षमाः प्रधानमन्त्री (भिडियोसहित)



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेस गठबन्धन गरेरै अघि बढ्ने पक्षमा रहेको दाबी गर्नुभएको छ ।

बिहीवार रिपोर्टस क्लवको २४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनु भएको हो । उहाँले आफ्नो पार्टी कुनै पनि अवस्थामा गठबन्धनको विपक्षमा नरहेको पनि बताउनु भयो । प्रधानमन्त्री देउवाले अफ्ठ्याराहरुलाई मिलाउने काम राजनीतिक दलहरुको भएकोले आफू अफ्ठयारासँग नभाग्ने बताउनु भयो । उहाँले गठबन्धनबाट अझै सरकारलाई सशक्त र एकतावद्ध बनाएर अघि बढ्ने पनि बताउनु भयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘अहिले गठबन्धनको कुरा उठेको छ । हाम्रो पार्टीले गठबन्धनलाई सँगै लाने निर्णय गरेको छ । यसमा द्विमत छैन । हाम्रो पार्टी कुनै पनि हालतमा गठबन्धनको विपक्षमा छैन । वास्तवमा भन्ने हो भने सबै अरु पार्टीका नेताहरुले सहयोग गर्नुभएको छ । उहाँहरुले गर्नुभएको सहयोगलाई अझ बढी हामी एकतावद्ध रुपमा अघि बढाउने छौँ । गठबन्धन अगाडि बढ्नेछ भन्ने विश्वास दिलाउन चाहन्छु । अफ्ठ्यारोलाई फुकाउने र मिलाउने काम राजनीतिक दलहरुको हो, भाग्ने काम होइन नि । हामी अफ्ठ्यारोलाई समाधान गरेर अघि बढ्छौँ ।’

प्रधानमन्त्री देउवाले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले प्रविधिको विकाससँगै पछिल्लो समय मिथ्या र भ्रामक समाचार र सूचना पनि बढ्न थालेको प्रति दुःख व्यक्त गर्दै मिथ्या र भ्रामक समाचारले सबै ठाउँमा शंका उत्पन्न गराउने बताउनु भयो । प्रधानमन्त्री देउवाले मिथ्या र भ्रामक समाचार निराकरण गर्न सरकार, राजनीतिक दल, सञ्चारकर्मीहरुको पहल हुनु आवश्यक रहेको पनि बताउनु भयो ।