२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशको संविधानको रक्षा गर्नु राजनीतिक पार्टीहरुको जिम्मेवारीः झलनाथ खनाल (भिडियोसहित)



file
अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले देशको संविधानको रक्षा गर्नु राजनीतिक पार्टीहरुको जिम्मेवारी भएको बताउनुभएको छ ।

बिहीवार काटमाडौंमा रिर्पोट्स क्लवको २४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले देशको संविधानको रक्षा गर्नु सम्पूर्ण नेपाली र राजनीतिक दलहरुको दायित्व भएको बताउनुभएको हो । उहाँले लोकतान्त्रिक क्रान्ति सम्पन्न गरेर नयाँ संविधान निर्माण भएको उल्लेख गर्दै यो संविधान तुलनात्मक रुपमा राम्रो भएको बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘हामीले दश वर्ष लगाएर नयाँ संविधान पनि निर्माण गरेका छौँ । यो एउटा राम्रो संविधान बनेको छ । यद्यपी संविधान कुनैपनि अन्तिम हुँदैनन् । यो पनि अन्तिम भन्नुपर्छ भन्ने मलाई लाग्दैन । तर सकेसम्म यसको लामो आयु होस् भनेर हामीले कामना गर्नुपर्छ । यो तुलनात्मक रुपले राम्रो संविधान हामीले बनाएका छौँ । स्वभाविक रुपले यो संविधानमार्फत् हामीले ०६२÷०६३ को जनक्रान्तिको उपलब्धीहरुलाई संस्थागत गरेका छौँ । त्यसैले यो संविधानको रक्षा हामी सम्पूर्ण २ करोड ९२ लाख नेपाली र उनका प्रतिनिधिहरुको रुपमा रहेका सम्पूर्ण राजनीतिक पार्टीहरुका निम्ति एउटा ठुलो जिम्मेवारीको विषय हो ।’

उहाँले आगामी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र गुणस्तरीय ढंगले सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।