५ श्रावण २०८३, मंगलवार
,
Latest
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ ले पायो पूर्णता



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ लाई पूर्णता दिएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले यही चैत १५ गतेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकको निर्णयानुसार उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा गठन भएको समितिमा बुधबार सदस्यहरु मनोनयन गर्नुभएको हो ।

समितिको सदस्यहरुमा अर्का उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरु फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे र जीवन परियार रहनुभएको छ ।

यसैगरी समितिको सदस्यमा केन्द्रीय सदस्यहरु डा शशाङ्क कोइराला, अर्जुननरसिंह केसी, प्रवक्ता डा प्रकाशशरण महत, डा शेखर कोइराला, बालकृष्ण खाँण, पद्मनारायण चौधरी, एनपी साउँद, सुरेन्द्रराज पाण्डे, शङ्कर भण्डारी, मीनबहादुर विश्वकर्मा, सीता गुरुङ, केशवकुमार बुढाथोकी, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ, चिनकाजी श्रेष्ठ, मोहनबहादुर बस्नेत, डा डिला सङ्ग्रौला, लक्ष्मी परियार, योगेन्द्र चौधरी मनोनित हुनुभएको छ ।

सभापति देउवाले केन्द्रीय सदस्यहरु महेन्द्रकुमार राय, गेहेन्द्र गिरी, सञ्जयकुमार गौतम, तारामान गुरुङ, मधु आचार्य, मदनबहादुर अमात्य, उमेशजङ्ग रायमाझी, उदयशम्शेर राणा, जीतजङ्ग बस्नेत, नैनसिंह महर, दिलमान पाख्रिन, रामहरि खतिवडा, अञ्जनी श्रेष्ठ, रङ्गमती शाही, मञ्जुकुमारी यादव, सरस्वती अर्याल तिवारी, मञ्जु खाँण, गुरु बराल, प्रतिमा गौतम, कुन्दनराज काफ्ले, हरिशरण नेपाली, नानु बाँस्तोला, सीताकुमारी राना र जीवन रानालाई समिति सदस्यमा मनोनित गर्नुभएको छ ।

समितिको बैठक चैत १७ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।रासस




भर्खरै