७ श्रावण २०८३, बिहीबार
,
Latest
सिरहामा प्रहरीको गोली प्रहार, २२५ ग्राम खैरो हेरोइनसहित ६ जना पक्राउ सरकार तमासा देखाउन छोडेर जनसरोकारका विषयमा संवेदनशील बनोस्ः पूर्वप्रधानमन्त्री नेपाल सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र खतरामा परेको नारायणकाजीको आरोप काँग्रेसलाई सबैभन्दा लोकप्रिय र सुदृढ पार्टी बनाउँछौँः महामन्त्री घिमिरे भुइँ मान्छेका मुद्दा समेटेर काँग्रेसलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छः महामन्त्री पौडेल प्रदेश सरकारबारे देखिएको अन्योल छिट्टै अन्त्य हुन्छः अध्यक्ष ओली अख्तियारलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन संविधान संशोधन गर्न काँग्रेस तयारः गगन थापा राजनीति सत्ताको प्रतिष्पर्धा मात्र नभई समाजसँगको सम्बन्ध होः सभापति थापा बालेनले अर्थमन्त्री वाग्लेलाई भनेः पात्र जोसुकै होस् मलाई नतिजा दिनुस् ओलीको आरोप : भदौ २३/२४ को जेनजी आन्दोलन इतिहासकै सबैभन्दा ध्वंसात्मक
तपाईं के खोज्दै हुनुहुन्छ ?

शहिद स्मारक बी डिभिजन लिग फुटबल: सामाजिक युथलाई हराउँदै बाँसबारी दोश्रो स्थानमा



अ+ अ-

ललितपुर । शहिद स्मारक बी डिभिजन लिग फुटबलमा बाँसबारी क्लब विजयी भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फाको खेल मैदानमा बुधबार भएको खेलमा बाँसबारीले सामाजिक युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दे बिजयी भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको बाँसबारीको लागि सौरभ कार्कीले गरेको गोल नै निर्णायक गोेल हुन पुगेको थियो ।

खेलको अन्तिम समय अर्थात् ८९ औं मिनेटमा सौरभलेगोल गर्दै टोलीलाई जित दिलाएका हुन् । यो जितसँगै बाँसबारीले जारी लिगमा १० खेलबाट १६ अंक जोड्दै दोश्रो स्थानमा उक्लिएको छ ।

जारी लिगमा १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । लिगको समाप्तिपछि शिर्ष स्थानमा रहने दुई टोली ए डिभिजन लिगमा बढुवा हुनेछन् भने पुछारका दुई टोली रेलिगेशनमा पर्नेछन् ।




भर्खरै