• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   सिक्किममा एसकेएम र अरुणाचलमा भाजपाको सरकार ★   स्रोत सङ्कुचनका बाबजुद पनि वस्तुवादी बजेट आयो: अर्थमन्त्री पुन ★   एक ओभरमा ११ बल फ्याँकेर लाजमर्दो कीर्तिमान राखे क्यानेडियन बलरले ★   राज्यका सबै अङ्ग र तहमा भ्रष्टाचार र ढिलासुस्ती बढ्दै गयो: नेकपा एस ★   टी–२० विश्वकपको पहिलो खेलमै १० छक्का प्रहार गर्ने आरोन जोन्स को हुन् ? ★   सहकारी ठगहरुलाई कारबाही नगरेमा लोकतन्त्र र गणतन्त्रको कुनै औचित्य छैन: अध्यक्ष केसी ★   सन्दीप लामिछानेलाई अमेरिकाले भिसा उपलब्ध नगराएकोमा राप्रपा प्रमुख सचेतक शाहीको आपत्ति ★   दिल्लीका मुख्यमन्त्री केजरीवालले तिहाड जेलमा आत्मसमर्पण गर्दै ★   पुराना पार्टीहरु देशको अवस्था रास्वपाले बिगारेको भनेर पन्छिन खोजेका छन्: सांसद झा ★   बजेटले पोखरा पर्यटकीय राजधानी बन्छ कि बन्दैन, भन्ने प्रश्न उठायो: सांसद बैरागी

साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावारी कैलालीद्धारा पुर्व प्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार सम्मानित



काठमाडौं । नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावारी कैलालीले विभिन्न बिधाका सहित्यकारलाई पुरस्कृत तथा अभिनन्दन गरेको छ ।
प्रतिष्ठानले मगलबार काठमाडौमा आयोजना गरेको विविध पुरस्कार एवम अभिनन्दन कार्यक्रममा पुर्व प्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दको ८४ औ वसन्त प्रवेशको अवसरमा अभिनन्दन तथा पुस्कार वितरण गरिएको हो । प्रतिष्ठानका अध्यक्ष पदमराज जोशीले कोरोना संक्रमणका कारण विगत वर्षमा राकिएको सम्मान कार्यक्रम यस वर्ष गरिएको बताए ।

प्रतिष्ठानले २०७५ सालको १ लाख रुपैया राशीको मणिराज बाङमय पुरस्कार पुर्वप्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्द र २०७६ सालको सोही पुरस्कार साहित्यकार डा। तुलसी भट्टराई लाई प्रदान गरेको छ । यसैगरी गोदावारी प्रतिभा पुरस्कार दीपकप्रकाश बास्कोटालाई प्रदान गरिएको छ । यसरी नै स्वामी खप्तड स्वामी सत्चितानन्द सरस्वती पुरस्कार सहित्कार भरतराज पौडेललाई प्रदान गरिएको छ ।

प्रतिष्ठानले शास्त्री देवराज आचार्य पुस्कार २०७६ प्रा.डा. रामचन्द्र भट्ट र खडग वहादुर प्रतिभा पुरस्कार लक्की वहादुर चौधरीलाई प्रदान गरिएको छ ।
सो अवसरमा पुर्वप्रधानमन्त्री चन्दले डा. तुलसी भट्टराईद्धारा लिखित ‘सुनेको चिन देखेपछि’ नामक यात्रा बृत्तान्त पुस्तक समेत लोर्कापण गर्नु भएको छ । सो अवसरमा पुर्वप्रधानमन्त्री चन्दले साहित्य समाजको आत्मा भएकाले साहित्य विना मानब जिवन निरस हुने बताए ।

सो अवसरमा प्रतिष्ठानका अध्यक्ष पदमराज जोशी, महासचिब मदनराज जोशी, साहित्कार तुलसी भट्टराई लगायतका साहित्कारले मन्तव्य राखेका थिए ।