• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   कोहलीले लिए ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास ★   इटालीलाई हराउँदै स्वीट्जरल्यान्ड युरो कपको क्वाटरफाइनलमा ★   दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारतले जित्यो टी–२० विश्वकपको उपाधि ★   दक्षिण अफ्रिकालाई विश्वकपको उपाधि जित्न १७७ रनको लक्ष्य ★   श्रीमानको असार १५ ★   उत्पादित अन्नको जिम्मेबारी स्थानीयतहले लिने नीति आबश्यक: नेता अब्दुल सत्तार ★   पत्नी आरजुसहित बालकोटमा देउवा, ओलीसँग सवा दुई घण्टा कुराकानी ★   कमेडी च्याम्पियन सिजन-३ का विजेता बने सुनिल खड्का ★   उत्पादत्व वृद्धिका निम्ति परम्परागत पद्धति परित्याग गर्न मन्त्री चौधरीको सुझाव ★   बैङ्कर्स भण्डारीको ‘आफैँलाई नियाल्दा’ कृति विमोचन

हिल नेपाल र कतार च्यारिटीको संयोजनमा काठमाडौँका ७ स्थानमा शौचालय निर्माण



काठमाडौं । काठमाडौं जिल्ला अन्तर्गत विभिन्न सामुदायिक तथा सार्वजनिक ठाउँहरूमा कतार च्यारिटी नामक संस्थाको आर्थिक सहयोगमा निर्माण भएका शौचालयहरु हिल नेपाल नामक संस्थाको संयोजनमा निर्माण सम्पन्न भएको छ।

जिल्लाको नागढुङ्गा स्थित स्वास्थ्य चौकीमा-१, दक्षिणकाली मन्दिर परिसर भित्र-१, दक्षिणकाली बस स्टपमा -१, किर्तिपुर स्थित स्वास्थ्य चौकीमा-१, चोभार डाडाको सार्वजनिक स्थलमा-१ र चन्द्रागिरी नगरपालिका अन्तर्गत मातातीर्थ स्थित स्वास्थ्य चौकीमा -१ गरि जम्मा ७ वटा सार्वजनिक शौचालय निर्माण सम्पन्न भएको छ।

उक्त सार्वजनिक एक शौचालयमा आरसिसि ढलान सहित तिन कोठे शौचालय बाहिर ६ वटा हात धुने धारा सहित २००० लिटरको ट्यांकी पनि रहेको कतार च्यारिटीका कन्स्ट्रक्सन इन्जिनियर अफिसर आमिर फैसलले बताउनुभयो।

यस सार्वजनिक शौचालयको विषयमा जिज्ञासा राख्दा कतार च्यारिटी नेपाल अफिसका कन्ट्री डाइरेक्टर ईरसाद अलि शेखले यस्तो खालको शौचालयले खुला दिसापिसाब मुक्त समाज निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

त्यस्तै विभिन्न सरुवा सङ्क्रामक रोगहरुबाट पनि बच्न सकिने कुरा बताउनु भयो। हिल नेपालका अध्यक्ष उमेश भण्डारीले विगत ३ वर्ष देखीनै कतार च्यारिटीले यस्ता खालका शौचालयहरु निर्माण गर्दै आइरहेको र आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा राखिएको बताउनुभयो। देशको राजधानी भएर पनि धेरै अव्यवस्थित बसोबास भएकाले यस कार्यक्रमले शहर स्वच्छ, सफा र सुन्दर राख्न मद्दत मिल्ने बताउनुभयो।