• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   सिलौटो बेचेर जीविकोपार्जन गर्दै धरानका विशाल ★   विपत्तिका बेला नागरिकको ज्यान जोगाउन ऐनकानुन नखोजौँ: गृहमन्त्री लामिछाने ★   टी–२० विश्वकपः नेपालको समूहका दक्षिण अफ्रिका र श्रीलंका भिड्दै ★   देउवासँगको छलफलपछि सिंहदरबारमा प्रचण्ड, ओली र नेपालबीच भेटवार्ता ★   भोजपुरको सर्वाङ्गिण विकास निर्माणका लागि सबै एक हौँ: पूर्वराष्ट्रपति भण्डारी ★   अर्बपति रुपर्ट मर्डोकले ९३ वर्षको उमेरमा २६ वर्ष कान्छीसँग विवाह गरे ★   गोदावरी नगरपालिकाका मेयर महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   शेनबाम मेक्सिकोको राष्ट्रपति निर्वाचित, सर्वोच्च राजनीतिक ओहोदामा पुग्ने पहिलो महिला ★   सुत्ने कोठामा वास्तुशास्त्रका यी कुरामा विशेष ध्यान दिनुहोस्, दाम्पत्य जीवनमा मधुरता आउनेछ ★   वामपन्थी शक्तिहरु मिल्नुको विकल्प छैन: माधव नेपाल (अन्तरवार्ता)

प्रदूषणबाट नागरिकलाई बचाउन तात्कालीन योजना खै ?: डा पाण्डे



काठमाडौँ । जनस्वास्थ्यविद् डा रवीन्द्र पाण्डेले काठमाडौँलगायत सहरमा धुवाँ प्रदूषण निक्कै बढेको भन्दै केही दिनका लागि विद्यालय बन्द गर्न आग्रह गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ, “धुलोको प्रदूषण पनि उच्चस्तरमा छ, यो प्रदूषणका कारण सहरमा तुवाँलो लागेजस्तो देखिएको छ, आँखा, छाला तथा नाकमुखको एलर्जी, एलर्जिक ब्रोंकाइटिस, दम, फोक्सोको अन्य समस्या, मस्तिष्क तथा मुटुको समस्या, क्यान्सर तथा मनोरोगको प्रमुख कारकका रुपमा प्रदुषण अग्रस्थानमा छ ।”

उहाँले केही दिन वा हप्ता यो प्रदूषण बढ्दै जाने देखिएको भन्दै सरकारले प्रदूषणबाट आम नागरिकलाई बचाउन तत्कालीन योजना केही नल्याएको बताउनुभएको छ ।

उहाँका अनुसार यस्तो घातक प्रदूषण कम गराउनका लागि यातायातका साधन न्यून मात्रामा चलाउने, वरपरका जङ्गलको आगो तत्काल निभाउने, धुवाँ उत्सर्जन गर्ने कारखाना केही दिनका लागि बन्द गर्ने, हरेक वडाले टोलटोल, बाटा तथा सडकमा धुलो नियन्त्रण गर्ने अभियान सञ्चालन गर्नेलगायतका काम तुरुन्तै गर्नुपर्दछ र विद्यालय केही दिनका लागि बन्द गर्नु राम्रो हुन्छ ।

उहाँले यस्तो प्रदूषणबाट बच्न आम नागरिक सकभर घरभित्र बस्ने, घरबाहिर जाँदा सही तरिकाले मास्क लगाउने, मर्निङ वाक तथा इभिनिङ वाक नगर्ने, आगो नबाल्नेलगायत गर्न सकिने उल्लेख गर्नुभएको छ ।