• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध पल शाहले गरे उच्च अदालत पोखरामा रिट दायर



काठमाडौं । नायक पल शाहले पुर्पक्षका लागि थुनामा पठाउने तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पोखरामा रिट निवेदन दायर गरेका छन् ।

रिटमार्फत शाहले थुनामा पठाउने अदालतको आदेश बदर गरी तारेखमा रिहा गर्न माग गरेका छन् ।

१० चैतमा तनहुँ जिल्ला अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । थुनामा रहेको पाँचौं दिन शाह अदालत पुगेका हुन् ।

विवाहको प्रलोभनमा पारी शाहले आफूलाई पटकपटक जबरजस्ती गरेको भन्दै पीडित किशोरीले गैंडाकोट र तनहुँ प्रहरीमा छुट्टाछुट्टै रिट दायर गरेकी थिइन् ।