१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

हारेको खेलबाट नेपालले जितेको प्रशंसा, देश भित्रको अवस्था भने दयालाग्दो

हारेको खेलबाट नेपालले जितेको प्रशंसा, देश भित्रको अवस्था भने दयालाग्दो
अ अ+ अ-

काठमाडौं । समर्थकको अपार समर्थन र प्रेमले नेपाली क्रिकेटलाई सदैव चर्चाको शिखरमा राख्दै आएको छ । विश्व क्रिकेटका लागि नमुना बनेको नेपाली क्रिकेट फ्यानको लोभलाग्दो प्रेमले संयुक्त राज्य अमेरिकालाई पनि यसपटक आश्चर्यमा पार्यो ।

यद्धपि अमेरिकी भूमिमा नेदरल्याण्डसँगको खेल गुमाएको नेपालले छिमेकी एवं पूर्व विश्व च्याम्पियन श्रीलंकासँगको खेल बर्षाले बगायो । यी दुई खेलमा नेपालले आफ्नो वास्तविक क्षमता देखाउन सफल भएन । तर नेपाली समर्थकले विश्वासले हार मानिसकेको थिएन ।

त्यही विश्वासको जित हो दक्षिण अफ्रिकासँगको खेल । हार पनि १ रनको । कम पीदादायी रहेन शनिबार आम नेपालीका लागि । तर केहीको चित्त दुखाई बाहेक शीर्ष नेतादेखि लिएर आम सर्वसाधारणको सामाजिक सञ्जालको भित्तो रंगियो : स्याब्बास सपुतहरु ।

नेपाली टोलीको प्रशंसा देश भित्र मात्र सीमित रहेन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) देखि भारतको विश्व चर्चित आइपीएल टोलीहरुले पनि आफ्नो साइटहरु नेपालको प्रशंसामा शब्दहरु स–तस्बीर पोखे । प्रशंसाको शब्द खर्च गर्नेहरुमा विश्व क्रिकेटका नामुद खेलाडीहरु पनि सक्रिय बने । जसले विश्व क्रिकेटमा आगामी दिन नेपालको हो भनेर सम्म लेख्न भ्याए ।

आइसीसीले नेपालको खेलको तारिफ गर्दै क्रिकेटले नेपालको शीर उच्च पारेको भन्दै प्रशंसाको धेरै शब्दहरु खर्च गरेको छ । आइसीसीको यो प्रशंसा भित्र नेपालको क्रिकेटले अबका दिनमा आइसीसीबाट पाउने सहयोग र सदभाव बढ्ने पक्का नै देखिएको छ ।

आइसीसीकै डिजिटल डेलीकी डिजिटल इन्साइडर एलेक्स जोर्डनले ‘म्याच दक्षिण अफ्रिकाले जिते पनि दिल भने नेपालले जितेको ’ भन्दै नेपालको सम्मानको निकै शब्द खर्च गरिन । उनीसंगैको कुराकानीका डाले स्टेयनले नेपाल र दक्षिण अफ्रिकाबीचको यस खेललाई ‘म्याच अफ द टुर्नामेन्ट’को संज्ञा नै दिए । नेपालको सम्मानमा शब्द खर्च गर्ने आइसीसी र उस्का डिजिटल साइटहरु मात्र नभएर विश्व क्रिकेटका एक से एक हस्ती पनि अगाडि आएका छन् ।

विश्व क्रिकेट जगतमा सबैको आकर्षणको केन्द्र बनेको भारतको चर्चित इण्डिय प्रिमियर लिग आइपीएलका टोलीहरु पनि नतमस्तक नै बने । नेपाली क्रिकेट प्रेमीको चर्चाले संसारभरका क्रिकेट जगतलाई आश्चर्यमा पार्न सफल भइरहदा नेपाली क्रिकेट टिमले पनि आफ्नो सामथ्र्य भने यसपटक दक्षिण अफ्रिकासँगको खेलमार्फत मज्जाले प्रष्टयाएको छ ।

विश्व क्रिकेटमा अभागी टिमको उपमा पाएको दक्षिण अफ्रिका क्रिकेटको टेष्ट मान्यता प्राप्त बलियो टिम मध्येको एक गनिन्छ । सयांै सुविधा र अनुभवले सुसस्जिद दक्षिण अफ्रिकासंगको खेलमा स्वयंले नेपालले पनि धेरै ठूलो अपेक्षा भने राखेको थिएन । तर क्रिकेटको एउटा उदियमान शक्ति बनेर उदाउँदै गरेको नेपालले आफ्नो शक्ति र सामथ्र्यलाई भने टी –२० विश्वकपमा स्थापित गरेर छाडेको छ ।

दक्षिण अफ्रिकासँगको हार पछि नेपाल विश्वकपबाट बाहिरिदा आगामी विश्वकपका लागि सोझै छनोट हुने एउटा अवसर गुमाएको छ । अब दक्षिण एसियाली छिमेकी बंगलादेशसँग नेपालले समूहको अन्तिम खेल खेल्दैछ ।

नेपालसँगको खेल अघि नै तीन खेल जितेर सुपर एटमा प्रवेश गरिसकेको दक्षिण अफ्रिकाले नेपालको क्षमतालाई आँकलन गरेर नै उस्को पूर्ण टोलीलाई मैदानमा उतारेको थियो । निकै संयमित भएर खेलेको अफ्रिकाका व्याट्सम्यानलाई नेपाली बलरले नियन्त्रणमा राखे । तर यसपटक ठूलो म्याचहरुको नखेलेको अनुभवको कमि र पावर प्ले पछि लिनु पर्ने रणनीति अपनाउँन नसक्दा नेपालले १ रनको हार स्वीकार गर्नु पर्यो ।

जित्दा पनि खुलेर खुसी मनाउन नसकेको दक्षिण अफ्रिकी टोली नेपाली टोलीको सर्वत्र प्रशंसाले निरिह देखियो । विश्वकप लगायत विभिन्न स्तरका क्रिकेटमा आश्चर्यमय तरिकाले जितको नजिक पुगेर वञ्चित हुँदै आएको दक्षिण अफ्रिका अभागी टोली भने चिनिन्छ । तर यसपटक भने नेपालसँग उनीहरु भाग्यमानी सावित भए ।

कीर्तिपुरदेखि अमेरिकाको रंगशालाहरु समेत नेपाली क्रिकेट फ्यानले रोपेको क्रिकेट प्रेमको तारिफ संसारभर हुँदै आएको छ । क्रिकेट प्रेमीको यही आड भरोसा नेपाली क्रिकेटका लागि महत्वपूर्ण प्राण बन्दै आएको छ । त्यसमाथि विश्व क्रिकेट जगतमा एक पछि अर्को विश्व कीर्तिमान राख्न सफल नेपाली क्रिकेट खेलाडीको टोलीमा आगमन हर्ष र सफलताको पाटो बन्दै आएको छ । अब नेपाली क्रिकेट टोलीसँगै सबैथोक छ ।

शिवाय भौतिक पूर्वाधार, घरेलु लिग र आर्थिक सपोर्ट । भारत र पाकिस्तानका लागि ‘न्यूटल भेन्यु’ बनाउने अति ठूलो महत्वका भारतीय सञ्चार नेटवर्क ‘जी’को प्रारम्भिक लगानीका निर्माण सुरु गरिएको कीर्तिपुर स्थिति त्रिवि क्रिकेट मैदानले धन्न नेपालको इज्जत धान्दै आएको छ । तर रुख चढेर क्रिकेट हेर्नु पर्ने अवस्थाको यो रंगशालाले पनि कहिलेसम्म नेपालको इज्जत राखोस ? सरकार गम्भीर अझै बन्न सकेको छैन ।

चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारेमा धेरै गीत गाइयो र अझै पनि गाइरहेको छ । तर यो बन्ने सम्भावनाले अझै मूर्त रुप लिएको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनकी मेयर पुत्री रेनु दाहालको चुनावी रहरको स्टन्ट भन्दा बढी बन्न नसक्दा रंगशालाले ठोस रुप लिन सकेको छैन । यता केही लिग खेलहरु सुरु गरियो तर विवाद मुक्त बन्न सकेन ।

यसपटक टी २० विश्वकपमा सरकारले केही उद्दार बन्दै राष्ट्रिय ढुकुटीबाट ५ करोड रुपैयाँ नेपाली टोलीलाई दियो । जस्ले तयारीका लागि भने आवश्यक सहयोग गरेको छ । तर अब नेपाली क्रिकेटरलाई आर्थिकरुपमा नै बलियो बनाउने माध्यम सरकार र नेपाली क्रिकेट एशोसिएसन क्यानले खोज्नु पर्छ ।

दक्षिण अफ्रिकासँगको खेलपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रिकेट हेरिरहेको तस्बीर उनको सचिवालयले सार्वजनिक गर्यो । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली टोलीको प्रशंसामा उनको फेसबुक वालमा केही शब्दहरु खर्चिए ।

तर आम नेपालीले ती फोटो र स्ट्याट्समा एकोहोरो र व्यङ्गाग्मक तवरले लेखे : खोई त क्रिकेट रंगशाला ? वास्तवमा अब क्रिकेटमा नेपालको उदाउँदो गरिमामा आँच पुर्याउने प्रश्न यही बन्छ । यही कारण पनि अब नेपाली क्रिकेट प्रेमीको प्रहार यही रंगशालाको कुरामा पेचिलो बन्ने पक्का छ ।

विश्वले दक्षिण एसियालाई सम्मानका साथ हेर्ने एउटा नजर क्रिकेट हो । यो सम्मानको लहरमा मिसिएको कान्छो मुलुक नेपाल हो । मिसिएको छोटो अवधिमा नै नेपाली क्रिकेटले चुमेको उचाईलाई अझ चुल्याउन विद्यालय स्तरदेखि देशभर क्रिकेटको खेल्ने वातावरण बनाउन आवश्यक बनिसकेको छ ।