• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   हाम्रो शरीरले कति गर्मी सहन सक्छ ? ★   ‘पुजार सार्की’को प्रिमियरमा प्रदीप खड्काले भने– वास्तविक जीवनमा नि छिट्टै विवाह हुन्छ ★   कालीगण्डकी करिडोर: बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति ★   चलचित्र ‘फर्की फर्की’को प्रिमियरपछि कलाकार: ‘अनमोलको अहिलेसम्मकै उत्कृष्ट फिल्म’ ★   कोलकाताका सह–मालिक शाहरुख खान अहमदाबादमा अस्पताल भर्ना ★   किसानलाई बजारसँग जोड्न चक्रपथ निर्माण ★   सन्दीपको भिसा प्रक्रियाका लागि क्यान तातियो, सांसद शाही पनि दौडधुपमा ★   सदरमुकाममा नै छैन पक्की पुल ★   कबड्डी टोली बंगलादेश प्रस्थान ★   दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएनः सांसद राणा

लोसपाले माग्यो मुख्यमन्त्री राउतको राजीनामा



जनकपुरधाम ।  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेको छ ।

मुख्यमन्त्री राउतको विश्वासको मतमाथिको छलफलमा सरिक हुँदै प्रदेश– २  लोसपाका संसदीय दलका नेता जितेन्द्र सोनलले मुख्यमन्त्री लालबाबु राउतले तत्काल मार्ग प्रशस्त गर्नुपर्ने बताएका हुन् ।

राउत नेतृत्वको सरकार भ्रष्टाचारमा चुर्लुम्मै डुबेको आरोप लगाउँदै उनले भने,’मुख्यमन्त्री आफैं सुशासन कायम गर्छु भन्छन् तर अख्तियारले भ्रष्टाचार आरोपमा छापा मार्दा जुलुस निकालेर विरोध गर्छन् ।’

यस्तै सोनलले सरकारले गरेका कामको संवैधानिकतामाथि पनि समेत उठाए ।