• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo
Latest
★   ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता ★   अहिले हाहा, हुहु गरेको भरमा पनि मन्त्री भएका छन्ः ओली ★   आर्थिक समृद्धिका लागि सरकारको पहल सकारात्मकः पूर्वअर्थमन्त्री पौडेल ★   श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ ★   अशोक राई नेतृत्वको जसपा निर्वाचन आयोगमा दर्ता ★   पार्टी विभाजनसम्बन्धी चलेको हल्लामा सत्यता छैन – एकीकृत समाजवादी ★   राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति म्याद एक वर्ष थप्ने सरकारको निर्णय ★   मूलपानी क्रिकेट रंगशालाको डिपीआर प्रस्तुती ★   क्रिकेट बलले गुप्तांगमा लागेर ११ वर्षीय बालकको निधन ★   परराष्ट्र मन्त्रालयसँग सम्बन्धित समस्याहरुको समाधान गर्न मन्त्री श्रेष्ठलाई ध्यानाकर्षण

काँग्रेसले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनसँग सहकार्य गर्ने



काठमाडाैं । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनसँग सहकार्य गर्ने भएको छ । सोमबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रिय समितिको बैठकले गठबन्धनसँग सहकार्य गरेर नै स्थानीय तह निर्वाचनमा पार्टी सहभागी बन्ने निस्कर्ष निकालेको हो ।

बैठकपछि सञ्चारकर्मीहसँग बोल्दै पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले अधिकांश सदस्यहरुले गठबन्धन गरेर जानुपर्ने सुझाव दिएको र सोहीअनुसार मंगलबार बस्ने केन्द्रिय समितिको बैठकले प्रस्ताव पास गर्ने बताउनु भयो । उहाँले आज सबै केन्द्रिय सदस्यहरुले आफ्नो भनाइ राखिसकेको र बैठकमा पार्टीलाई बलियो बनाउने भन्ने बारेमा छलफल भएको बताउनु भयो । प्रवक्ता महतले बैठकमा ‘घर घर जाऔँ, नेपाली काँग्रेस जिताऔँ’ अभियानको मूल्यांकन भएको समेत बताउनु भयो । उहाँले बैठकमा कतिपय सदस्यहरुले गठबन्धन नगरीकन काँग्रेस निर्वाचनमा जानुपर्ने धारणा राखेकोसमेत प्रवक्ता महतले बताउनु भयो ।

प्रवक्ता महतले भन्नुभयो, ‘छलफल आज टुंगिएको छ । भोलि तीन बजेको बैठकमा हामी निर्णय गर्छौं । बोल्ने क्रम आज समाप्त भएको छ । बोल्ने सिलसिलामा पार्टीलाई कसरी मजबुत बनाउने स्थानीय निकायको निर्वाचनमा । सँगै यो समग्र समिक्षा, घर घर जाऔँ, नेपाली काँग्रेस जिताऔँ अभियानको मूल्यांकन भयो ।

साथीहरु विभिन्न जिल्लामा खट्नुभएको थियो । उहाँहरुको सुझाव र प्रतिवेदनमाथि पनि छलफल भयो । पार्टीको यथार्थ स्थितिको पनि समग्रमा मूल्यांकन भयो । देशमा जुन गठबन्धनको सरकार छ, विशिष्ट परिस्थितिमा जुन गठबन्धन सरकार बनेको छ, लोकतान्त्रिक मूल्य र मान्यता, संवैधानिक मर्यादाहरुलाई कमजोर गर्ने काम जुन ओली सरकारबाट भयो, त्यो परिस्थितिमा यो गठबन्धन बनेको हो । त्यसैले अधिकांश साथीहरुले केन्द्रिय समितिको बैठकमा आवश्यक्ताको आधारमा, सिद्धान्तमा तालमेल, गठबन्धन गरेर जाँदा पार्टी बलियो हुने र आउने संसदीय निर्वाचनमा पनि पार्टीले जित्ने परिस्थिति निर्माण हुनसक्ने यो किसिमको सल्लाह, सुझाव धेरै साथीहरुले दिनुभयो ।

कतिपय साथीहरुको मत गठबन्धन नगरीकन एक्लै पार्टी गएर पार्टीलाई परीक्षणमा राख्नुपर्छ, परिचय गर्नुपर्छ भन्ने आएको थियो । यसै सल्लाह सुझावका आधारमा प्रश्ताव तयार हुन्छ र भोलि तीन बजे केन्द्रिय समितिको बैठक बसेर हामीले निर्णय गर्नेछौँ । भोलि सैद्धान्तिक निर्णयसहित प्रश्ताव पास हुन्छ ।’

प्रवक्ता महतले पार्टीको अर्को केन्द्रिय समिति बैठक भोलि (मंगलबार) अपरान्ह ३ बजे बस्ने र केन्द्रिय समितिका सदस्यहरुको धारणाअनुसार नै सैद्धान्तिक निर्णयसहित प्रस्ताव पास हुने बताउनु भयो ।