• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए ★   बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने ★   मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने ★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे ★   दश महिनामा पाँच हजारभन्दा बढी डढेलो ★   कोशीका नवनियुक्त सात मन्त्रीले लिए शपथ ★   सत्ता समिकरण सुविधाजनक बहुमतमा छ, प्रधानमन्त्रीले विश्वासको मत पाउनुहुन्छ: सांसद भट्टराई ★   गृहमन्त्रीलाई छानविनको दायरामा ल्याउन छानविन समिति चाहिएको हो: सांसद महत ★   काँग्रेसलाई रास्वपा सांसद झाको आग्रह– माग के हो लेटरहेडमा लिखित रुपमा ल्याउनुस् ★   प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिने

स्थानीय तह निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता



काठमाडौ । आगामी बैशाख ३० सम्पन्न हुने स्थानीय तह निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाताले भाग लिन पाउने भएका छन ।

निर्वाचन आयोग, नेपालले सोमबार नियमित पत्रकार सम्मेलन गरी स्थानीय तह निर्वाचनमा भाग लिने सो संख्यामा रहेका मतदाताहरुको नामावली स्विकृत गरिएको जानकारी गराएको हो । जस अनुसार ८७ लाख ४१ हजार ५३० महिला मतदाता, ८९ लाख ९२ हजार १० पुरुष मतदाता र र १८३ अन्य मतदाताहरु रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनु भयो । स्थानीय तह निर्वाचनमा १० हजार ७५६ मतदान स्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएको पनि आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता पौडेलले स्थानीय तह निर्वाचन प्रयोजनका लागि ७७ जना मुख्य निर्वाचन अधिकृत र ६७६ जना निर्वाचन अधिकृतहरु तोकिएको र उनीहरुको नामावली चैत्र १३ गतेको गोरखापत्रका प्रकाशित गरिएको पनि बताउनु भयो ।

निर्वाचन आयोगले स्थानीय तह निर्र्वाचनको पर्यवेक्षणका लागि भाग लिन संस्थाहरुलाई निवेदन पेश गर्न पनि आह्वान गरेको छ । विगतको अभ्यास र अन्तराष्ट्रिय प्रचलन समेतको आधारमा राष्ट्रिय संस्थाहरुलाई मात्रै निर्वाचनको पर्यवेक्षण गर्न अनुमति दिइने पनि आयोगका प्रवक्ता पौडेलले स्पष्ट पार्नु भयो । त्यसका लागि ईच्छुक संस्थाहरुले १५ दिन भित्र विद्युतीय माध्यामबाट निवेदन दिन सक्ने व्यवस्था मिलाइएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । आयोगका प्रवक्ता पौडेलले भन्नु भयो, ‘स्थानीय तह निर्वाचन २०७९ मा भाग लिन पाउने अन्तिम मतदाता नामावली आयोगबाट मिति २०७८ चैत्र १३ गते स्विकृत भएको छ । सो बमोजिम ८७ लाख ४१ हजार ५३० महिला, ८९ लाख ९२ हजार १० पुरुष र १८३ अन्य गरी जम्मा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता कायम भएका छन ।

यसैगरी कूल १० हजार ७ सय ५६ मतदान स्थल र २१ हजार नौं सय ५५ मतदान केन्द्र कायम भएका छन । स्थानीय तह निर्वाचन प्रयोजनका लागि नियुक्त हुने ७७ जना मुख्य निर्वाचन अधिकृत र ६७६ जना निर्वाचन अधिकृतको सूचि मिति २०७८ चैत्र १३ गतेको गोरखापत्रमार्फत सार्वजनिक गरिसकिएको छ । स्थानीय तह निर्वाचन २०७९ को निर्वाचनको पर्यवेक्षकमा भाग लिन इच्छुक संस्थाहरुलाई निवेदन पेश गर्न चैत्र १२ र १३ गते सूचना आह्वान गरिएको छ ।

विगतको अभ्यास र अन्तराष्ट्रिय प्रचलन समेतको आधारमा राष्ट्रिय संस्थाहरुलाई मात्रै पर्यवेक्षण गर्न अनुमति दिइनेछ । इच्छुक राष्ट्रिय संस्थाहरुले १५ दिन भित्र विद्युतीय माध्यामबाट आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ । स्थानीय तह निर्वाचन २०७९ का लागि आवश्यक पर्ने सबै मतपत्र जनक शिक्षा सामग्री केन्द्रबाट छपाई गर्ने गरी आयोगबाट मिति चैत्र १२ मा निर्णय भएको छ ।

सो बमोजिम उक्त केन्द्रलाई छपाई मेसिनलगायत पूर्वधार तयारी हालतमा राख्न निर्देशन दिइएको छ । टोल फ्रि नम्बर ११०२ सहितको कल सेन्टर संचालन गर्ने प्रयोजनका लागि आज मिति २०७८ चैत्र १४ गते उक्त कार्यमा खटिने जनशक्तिलाई अभिमुखिकरण तालिम दिने कार्य सम्पन्न भएको छ । उक्त कल सेन्टर मिति २०७८ चैत्र १५ बाट संचालनमा आउनेछ ।’

यसैबीच, निर्वाचन आयोग, नेपालले मत पत्र छपाईका लागि मेसिनलगायतका सामग्रीहरु तयारी हालतमा राख्न जनक शिक्षा सामग्री केन्द्रलाई निर्देशन दिएको छ । त्यसैगरी आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि यही चैत्र १५ गतेबाट कल सेन्टर संचालनमा ल्याउन लागिएको पनि जनाएको छ । प्रवक्ता पौडेलले त्यसका लागि आवश्यक जनशक्तिहरुलाई आज (सोमबार) नै अभिमुखिकरण तालिम दिइएको बताउनु भयो । निर्वाचन आयोगले कल सेन्टर संचालनका लागि ११०२ टोल फ्रि नम्बरको व्यवस्था गरिसकेको छ ।