• ११ असार २०८१, मंगलवार
  •      Tue Jun 25 2024
  •   Unicode
Logo
Latest
★   नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक सुरु ★   बंगलादेशलाई हराउँदै अफगानिस्तान विश्वकपको सेमिफाइनलमा ★   कोपा अमेरिकाः कोस्टारिकासँग बराबरीमा रोकियो ब्राजिल, कोलम्बियाले पाराग्वेलाई हरायो ★   कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीको रिटमा आज सर्वोच्चको आदेश कस्तो आउला ? ★   प्रतिनिधिसभा बैठक : के छ आजको सम्भावित कार्यसूची ? ★   श्रष्टा बानियाँलाई सूर्यनारायण पुरस्कार अर्पण ★   कोशी, बागमती, गण्डकी र लुम्बिनीमा आज भिषण वर्षा ★   क्रोएसियासँग बराबरी खेल्दै इटाली नकआउट चरणमा, स्पेन समूह विजेता ★   देशभरका ४३ स्थानीय तहले ल्याउन सकेनन् बजेट ★   अपराजित रहँदै भारत सेमिफाइनलमा, अष्ट्रेलियालाई २४ रनले हरायो

राप्रपा केन्द्रीय कार्यसम्पादन समिति गठन



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो अध्यक्षतामा २० सदस्यीय कार्यसम्पादन समिति गठन गर्नुभएको छ ।

पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार अध्यक्ष लिङ्देनको अध्यक्षतामा २० सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको हो ।

समितिमा अध्यक्ष राजेन्द्र लिङ्देन, सात जना उपाध्यक्ष क्रमशः बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, रोशन कार्की, हेमजङ्ग गुरुङ र मुकुन्द श्याम गिरी, पाँच जना महामन्त्री क्रमशः डा. धवल शमशेर राणा, भुवन पाठक, कुन्तीकुमारी शाही, राजेन्द्र गुरुङ र प्रल्हाद साह रहनुभएको छ ।

केन्द्रीय कार्य सम्पादन समितिमा केन्द्रीय सदस्यहरु दीपक बोहोरा, नवराज सुवेदी, हरिबहादुर बस्नेत, बालाराम घर्तीमगर, जयन्त चन्द, टंक ढकाल, ठाकुरप्रसाद शर्मा र ऋषिबाबु परियार रहनुभएको छ ।

राप्रपाको विधानमा ३३ जनाको केन्द्रीय कार्यसम्पादन समिति रहने व्यवस्था छ । निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा, डा.प्रकाशचन्द्र लोहनी र संस्थापक अध्यक्ष पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द स्वत:कार्यसम्पादन समितिको सदस्य हुने व्यवस्था छ ।

आज भएको मनोनयनबाट कार्यसम्पादन समितिको सदस्य संख्या २३ पुगेको छ । अब बाँकी सदस्य पनि छिट्टै मनोनयन गरिने प्रवक्ता श्रेष्ठले बताएका छन् ।