• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

शहीद लखन र गण्डकी गाउँपालिकाबीच भगिनी सम्बन्ध



गोरखा । गोरखाका दुई गाउँपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । जिल्लाको शहीद लखन र गण्डकी गाउँपालिकाबीच विभिन्न क्षेत्रमा सहयोग र सहकार्य गर्ने सहमति गर्दै भगिनी सम्बन्ध स्थापना भएको शहीद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापामगरले जानकारी दिनुभयो ।

भौगोलिक हिसावले सिमाना जोडिएको र सहकार्य तथा समन्वय गरेर अघि बढ्दा विकास निर्माणमा समेत सजिलो हुने भएकाले दुई पालिकाबीच भगिनी सम्बन्ध स्थापना गरेर अघि बढ्ने निर्णयका साथ सम्बन्ध स्थापना भएको उहाँको भनाइ छ । “दुवै गाउँ कार्यपालिकाको संयुक्त बैठक बसेर विभिन्न ११ बुदेँ सहमति सर्वसम्मत पारित गरेर दुवै पालिकाका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकिय अधिकृतले हस्ताक्षर गरेका छौँ, उहाँले भन्नुभयो, “यसबाट अब एउटा गाउँपालिकाले गरेका राम्रा कामहरुको रचनात्मक सिको अर्को गाउँपालिकाले गर्ने नयाँ अवसर प्राप्त भएको छ ।” अध्यक्ष थापामगरले दुवै गाउँपालिकाको सिमानामा पर्ने रणनीतिक सडक, भौतिक पूर्वाधार निर्माण तथा स्तरोन्नतिका लागि मिलेर सङ्घ प्रदेशलाई घचघच्याउने सहमति भएको जानकारी दिनुभयो ।

“पालिकास्तरबाट विनियोजन गर्नसक्ने बजेटका सवालमा साँध सिमानामा पर्ने सडक निर्माणका लागी दुवै पालिकाले मिलेर बजेट विनियोजन गर्ने वा थप बजेटको आवश्यकता परेमा केन्द्र र प्रदेशमा संयुक्त समन्वय गर्ने भन्ने बुझाइ बनेको छ”, उहाँले भन्नुभयो, “यो बुझाइले दुवै पालिकालाई लाभ हुनेछ ।” त्यस्तै दुई पालिकाभित्र रहेका पर्यटकीय क्षेत्रका एक आपसमा प्रचारप्रसार गर्ने तथा आन्तरिक पर्यटक प्रवद्र्धनमा मिलेर काम गर्ने सहमतिसमेत भएको अध्यक्ष थापामगरले जानकारीदिनुभयो ।

भगिनी सम्बन्धले एक गाउँपालिकाले गरेका रचनात्मक कार्यको सिकाइ अर्को गाउँपालिकाले गर्ने गरी कार्यको थालनी भएको उहाँको भनाइ छ । सहमति पत्रमा हस्ताक्षर गर्नुहँुदै गण्डकीका अध्यक्ष होमबहादुर रानाले विकासमा राजनीति गर्नुहुँदैन भन्ने सिकाइ शहीद लखन गाउँपालिकाबाट सिक्नुपर्ने बताउनुभयो । “शहीद लखन गाउँपालिकाले विकासमा राजनीति गर्नुहुँदैन भन्ने उद्देश्यका साथ जुन सफलता हासिल गर्नुभएको छ त्यो सबैले हामीले पनि मनन गरेर अघि बढ्नुपर्छ”, उहाँले भन्नुभयो, “गण्डकी गाउँपालिकाले पनि शहीद लखन गाउँपालिकाबाट सिक्नुपर्नेछ ।”

दुवै गाउँपालिकाको संयुक्त कार्यपालिकाको बैठकमा दुवै गाउँपालिका प्रशासकिय प्रमुख तथा सहभागी कार्यपालिका सदस्यले आ–आफ्नो पालिकाले गर्दै गएका रचनात्मक कामको बारेमा जानकारी गराएका थिए । “बैठकमा एक पालिकाले गरेका रचनात्मक कार्यको बारेमा जानकारी गराउँदा अर्को पालिकाले जान्ने बुझ्ने र सिक्ने मौका पनि प्राप्त भयो”, शहीद लखन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जीवनबहादुर आलेमगरले भन्नुभयो, “त्यसबाहेक सिमाना जोडिएका पालिकाबीच कर तथा सेवाशुल्क दस्तुरमा भएका असमानताका कारण नागरिकको बुझाइ फरक भएकाले कसरी एकरुपता कायम गर्न सकिन्छ भन्नेमा समेत छलफल गरेका छाँै ।”

यसबाहेक दुवै पालिकाबीच कृषिजन्य उत्पादन तथा बजार व्यवस्थापनमा संयुक्त पहल गर्ने, विपद्मा एक अर्कालाई सहयोग गर्नेलगायतका सहमति भएको उहाँको भनाइ छ । सहमति पत्रमा गण्डकी गाउँपालिका अध्यक्ष रानामगर, उपाध्यक्ष ललिता अधिकारी र शहीद लखन गाउँपालिकाका अध्यक्ष थापमगर, उपाध्यक्ष इन्दिरा तिवारीसहित दुवै पालिकाका प्रमुख प्रशासकीय अधिकृतले आइतबार हस्ताक्षर गर्नुभएको थियो । रासस