५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

वरिष्ठ अधिवक्ता श्रेष्ठ र अधिवक्ता घिमिरेद्वारा बार अध्यक्षमा उम्मेदवारी घोषणा

वरिष्ठ अधिवक्ता श्रेष्ठ र अधिवक्ता घिमिरेद्वारा बार अध्यक्षमा उम्मेदवारी घोषणा
अ+ अ-

काठमाडौं, १३ चैत्र । नेपाल बार एशोशिएसनको आगामी चैत्र १९ गते हुने निर्वाचनमा वरिष्ठ अधिवक्ता अमिता लक्ष्मी सैंजु श्रेष्ठ र अधिवक्ता उद्धवचन्द्र घिमिरेले पेशागत स्वतन्त्रतर्फबाट केन्द्रीय अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अधिवक्ताद्वय श्रेष्ठ र घिमिरेले अध्यक्ष पदको लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ अधिवक्ता अमिता लक्ष्मी सैंजु श्रेष्ठले स्वतन्त्र, स्वच्छ र सक्षम न्यायालयको लागि आफ्नो पेशागत स्वतन्त्र तर्फबाट उम्मेदवारी रहेको बताइन् । उनले भनिन्,‘स्वतन्त्र र दक्ष बारको लागि मेरो उम्मेदवारी हो । अब न्यायालयलाई बचाउनु पर्छ ।’ पछिल्लो समयमा अदालतबाट जनतामा निराश छाइरहेको दाबी गर्दै श्रेष्ठले न्यायालयले राम्रो काम राम्रोसँग गर्न नसकेकोमा न्यायालय असक्षम ठहरिने टिप्पणी गरिन् ।

देशमा संविधान कार्यान्वयन नभएकै कारण देशको अवस्था बिग्रदै गएको उनको भनाई थियो । अहिलेको व्यवस्था सुनौलो भएको भन्दै उनले यसको बचाउ गर्न पर्नेमा जोड दिइन् । नेपालको संविधान सबै भन्दा ठुलो हो भन्दै श्रेष्ठले संविधान भन्दा माथि कोही जान नहुने धारण राखिन् । उनले अहिलेको व्यवस्था सबैले ल्याएको भन्दै उनले व्यवस्था ठिक भएपनि त्यसको पुर्ण कार्यान्वयन गर्न नसकेकोमा आपत्ति जनाईन् ।

नेपाल बार एसोसिएशन प्रति व्यंग्य गर्दै अधिवक्ता श्रेष्ठले भनिन्,‘बारमा आज दलबल मात्र होइन, धनबल पनि छ । बारले एकाधलाई मात्रै अघि बढायो र अरुलाई समेट्न सकेन ।’ बारमा ७७ जिल्लाका वकिलहरु पनि रहेको स्मरण गराइन् । त्यस्तै, पछिल्लो समय बारका वरिष्ठ नेतृत्वहरुमा पनि निराशा छाइरहेको उनले जिकिर गरे । काठमाडौं बासीले त न्यायलयबाट सेवा, सहुलियत नपाएको भन्दै उनले दुरदराजका जिल्लाहरुले पाउने नसक्ने अहिलेको अवस्थाको अन्त्य गर्नपर्नेमा आफु प्रतिबद्ध रहेको सुनाइन् । वकिलहरुको छाता संगठन बारले वकिलहरुको योग्यता, कुशलता हेर्नुपर्नेमा त्यसो गर्न नसकेको गुनासो गरिन् । उनले भनिन्,‘बारले गर्ने काम भनेको वकिलहरुको पेशागत हकहितको लागि हो ।’
श्रेष्ठले वरिष्ठहरुलाई सम्मान गर्दै वकिलहरुलाई बीमाको व्यवस्था, नवोदित कानुन व्यवसायीहरुलाई तालिम दिएर आफु साहार बन्ने पनि प्रतिवद्धता व्यक्त गरिन् ।

न्याय क्षेत्र आफै पनि अनुशासनमा बस्न पर्ने उनको भनाई थियो । अनुशासनमा नबसेपछि राजनीतिक दलको दबाब र प्रभावमा बस्न पर्ने र स्वतन्त्र तरिकाले काम गर्न नसक्ने उनले बताइन् । उनले आफु निर्वाचित भएमा कानुनी राज्यको प्रत्याभूती दिलाउने, संविधानको पालना गराउने, राजनीतिक दललाई सचेतना गराउने, सबै प्रदेशलाई समान व्यवहार गर्ने/गराउने समेत प्रतिवद्धता व्यक्त गरिन् ।

अध्यक्षका अर्का उम्मेदवार अधिवक्ता उद्धवचन्द्र घिमिरेले बारको आगामी निर्वाचनमा आफूले पेशागत स्वतन्त्र तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताए । राजनीतिक दलबाट दुई प्यानल चुनावमा उत्रिएको भन्दै विगतमा पनि राजनीतिक दलका प्यानलका नेतृत्वले न्यायालयलाई फाइदा नपुर्याएको दाबी गरे ।

नेपाल कानुन आयोगका सदस्य समेत रहेका घिमिरेले भने,‘राजनीतिक दलहरुको प्यानलबाट आजसम्म जतिपनि बारहरु गठन भए, त्यसका नेतृत्वले न्यायलयलाई फाइदा पुगेको छैन् । अहिले पनि सरकारमा रहेका राजनीतिक दलबाट एउटा प्यानल बनाउनु भएको छ । र अर्को एमालेबाट एउटा प्यानल रहेको छ ।’

अध्यक्ष पदको लागि आगामी निर्वाचनमा ८ जना उम्मेदवार रहेको समेत उनले जानकारी दिए । उनले बारमा नेतृत्व गरीरहेकाहरुले रुल अफ ल को कुरा नभई हुल अफ ल को कुरा गरिरहेको आरोप लगाए । ‘अहिलेसम्म न्यायालयलाई स्वतन्त्र र सक्षम बनाउने ठाउँमा रुल अफ ल को कुरा नभई उहाँहरु हुल अफ ल को कुरा गर्नुहुन्छ रुल अफ ल को कुरा गर्नुहुन्न ।’ उनले भने,‘न्यायलयमाथि भ्रष्टाचार, न्यायालयमाथि राजनीतिक हस्तक्षेप र न्यायालयले पनि राजनीतिमाथि हस्तक्षेप गरेको अवस्था छ ।’ नेपालको संविधानले रुल अफ ल को कुरा गर्ने उनले बताए ।

सरकारका तीनवटा अंग र तिनिहरुको आ–आफ्नै चेक एण्ड ब्यालेन्स हुन्छ भन्दै उनले कतै राम्रो स्थिति नदेखिएको बताए । अहिलेको स्थिति खिलराज रेग्मी प्रधानमन्त्री भएदेखि आएको आरोप लगाउँदै उनले त्यसबेला बारको कमिटि भएपनि केही नबोलेको बताए । अबको नेतृत्व स्वतन्त्र, निस्पक्ष, आफ्नो खुट्टामा उभिने र सक्कली वकिलहरुको प्रतिनिधित्वको हुनुपर्ने भन्दै आफुले त्यसैका लागि उम्मेदवारी दिने पनि बताए ।