५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तह निर्वाचन: तमलोपाद्वारा १५ बुँदे घोषणापत्र जारी



अ+ अ-

धनुषा ।आगामी स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलले आफ्ना घोषणापत्र जारी गर्ने क्रम सुरुआत भएको छ । यसक्रममा ‘समृद्ध र सबल नेपाल निर्माणको प्रतिबद्धता र सङ्कल्प’ भन्ने नारा सहित तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)ले शनिबार घोषणापत्र सार्वजनिक गरेको छ ।

जनकपुरधाममा आयोजित अन्तक्र्रिया कार्यक्रममा तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल र वरिष्ठ नेता डा विजयकुमार सिंहले संयुक्तरूपमा १५ बुँदे घोषणापत्र सार्वजनिक गर्नुभयो । घोषणापत्रमा संविधान कार्यान्वयनको महत्वपूर्ण चरण र नयाँ युगको थालनीका रूपमा स्थानीय तहको निर्वाचनलाई लिइएको उल्लेख छ । स्वतन्त्रता, समानता, लोकतान्त्रिक अधिकार, पहिचानको सम्मान र सङ्घीय स्वशासनका निम्ति निरन्तर सङ्घर्षरत रहने पनि घोषणापत्रमा उल्लेख गरिएको छ ।

तमलोपाले ‘सङ्घर्ष समानता र सम्मानको मधेसीको पहिचानको’ निर्धारित गरेको जनाउँदै १० प्रदेशीय राज्य पुनःसंरचना, संविधान संशोधन, राज्य प्रायोजित प्रवासन, प्रदेशको भूमि प्रदेशकै अधिकार हुनुपर्ने, भूमिहीन दलित र सुकुम्वासीलाई आफ्नै जन्मथलोमा भूमि पाउने अधिकार, युवा र श्रमशक्ति, शिक्षामा सहज पहुँच हुनुपर्ने विषयलाई प्राथमिकतामा राखेको छ ।

त्यस्तै कृषि, उद्योग र व्यापार सन्तुलन, निजी सार्वजनिक भागिदारी, मधेस विकासका निमित्त दीर्घकालीन सहमतीय विकास रणनीतिको तर्जुमा, क्षेत्रीय पार्टीको मान्यताको प्रावधान, जनसङ्ख्या आधारित प्रतिनिधित्व, स्वतन्त्र र निष्पक्ष सञ्चार तथा व्यावहारिक विदेश नीतिलगायतका पार्टीको महत्वपूर्ण बुँदाहरू घोषणापत्रमा समावेश गरिएको छ ।

अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लालले पार्टी सक्रिय भएको एक महिना पनि नभएको अवस्थामा पार्टीलाई स्थानीय चुनावको निम्ति तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो “निर्वाचनमा आफ्नो पार्टी कुनै गठबन्धनको पक्षमा छैन । लोकतन्त्रको निम्ति लोकतान्त्रिक शक्तिहरुबीच गठबन्धन जरुरी छ । ” कार्यक्रममा पार्टीका वरिष्ठ नेता डा सिंहले तमलोपाले देशलाई राजनीतिक विकल्प दिने दाबी गर्नुभयो । कार्यक्रममा पार्टीका विभिन्न जिल्लाका जिल्ला अध्यक्ष तथा नेता कार्यकर्ताको उपस्थिति थियो ।रासस




भर्खरै