• २९ जेष्ठ २०८१, मंगलवार
  •      Tue Jun 11 2024
  •   Unicode
Logo
Latest
★   पूर्वन्यायाधीश गिरीलाई बलात्कार मुद्दामा ७ वर्ष कैद सजाय ★   नेकपा एसभित्र वैचारिक मतभेद छैन: राजेन्द्र पाण्डे ★   सरकारले आफ्नालाई पठाउन विभिन्न देशको राजनीतिक फिर्ता बोलाउने गलत निर्णय गर्‍यो: काँग्रेस ★   आफ्नो पार्टनरलाई बोलेर होइन यी तरिकाहरूमा पनि आफ्नो प्रेम व्यक्त गर्न सक्नुहुन्छ ★   अचेल गाउँघरमा देखिँदैनन् ढिँकीजाँतो ★   यस वर्ष ५० टन केसर उत्पादन गर्ने अफगानिस्तानको अपेक्षा ★   सोनाक्षीको बिहेबारे आफ्नै बुबालाई थाहा छैन ★   सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति शिक्षक संगठनको असन्तुष्टि ★   यमनमा डुङ्गा डुब्दा ३९ आप्रवासीको मृत्यु ★   ‘मिर्जापुर ३’ को टिजर रिलिज, कहिले आउँदैछ तेस्रो सिजन ?

स्थानीयलाई विकासको जिम्मेवारी दिन आवश्यक: प्रम देउवा



काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीयलाई विकासको जिम्मेवारी दिन आवश्यक रहेको बताउनु भएको छ ।

शनिवार ललितपुरको भीमसेन मन्दिरको पुनर्निर्माण सम्पन्न भएको अवसरमा आयोजित समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले स्थानीयहरुलाई नै विकास निर्माणको काम दिनुपर्ने बताउनु भएको हो । उहाँले विकास निर्माणको काम स्थानीय सरकारलाई दिएकोले अधिकांश काम राम्रो र छिटो तथा गुणस्तरी ढंगबाट सम्पन्न भएको पनि बताउनु भयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘स्थानीयलाई नै विकासको काममा जिम्मेवारी दिन अति आवश्यक छ । अहिलेसम्म राम्रो काम भएको पनि छ । सबै ठाउँमा त भन्न सकिँदैन । ऐतिहासिक धाम र सांस्कृतिक दृष्टिकोणले भरिपूर्ण रहेको ललितपुर कला संस्कृतिको क्षेत्रले चिनिन्छ ।’

प्रधानमन्त्री देउवाले ललितपुर महानगरपालिकामा भएको विकास राष्ट्रिय स्तरमा मात्र नभइ अन्तर्राष्ट्रिय स्तरमा समेत नेपाल र नेपालीको परिचय फराकिलो बनाउन सहयोग पुग्ने विश्वास लिएको बताउनु भयो । २०७२ सालको भूकम्पले भीमसेन मन्दिरमा क्षति पु¥याएको थियो । उक्त मन्दिरको पुनर्निर्माण स्थानीय व्याबसायी र दाताहरुको आर्थिक सहयोगमा भएको हो ।

पाटन दरबार क्षेत्रमा रहेको भीमसेन मन्दिर पुनर्निर्माणका लागि ललितपुर महानगरपालिकाले पनि आर्थिक सहयोग गरेको थियो । फाइन आर्ट सिटीको नामले चिनिएको ललितपुरको पहिचान यहाँको सम्पदा हुन् । यो मन्दिर झण्डै तीन सय वर्ष अघि श्रीनिवास मल्लको पालामा निर्माण भएको हो ।