११ बैशाख २०८२, बिहीबार
April 24, 2025 Thursday
Latest
किएभमा रुसी क्षेप्यास्त्र हमलामा ९ जनाको मृत्यु, ६३ घाइते संवैधानिक निकायका पदाधिकारीको नियुक्तिमा सर्वोच्च अदालतले डिल गरिरहेको छः गगन थापा राष्ट्र निर्माणको भविष्य युवाको काँधमा रहेको छ– महासचिव पोखरेल राष्ट्रियसभालाई निकास दिने थलोका रूपमा विकास गरिनुपर्छ: अध्यक्ष दाहाल समावेशिता र समानताको ग्यारेण्टि लोकतन्त्रमा मात्र सम्भव हुन्छः सभापति पोखरेल नवनियुक्त शिक्षामन्त्री पन्तले लिए शपथ–फोटोफिचर नेप्से परिसूचक दुई अङ्कले बढ्यो डिपसिकले सहमतिबिना चिनियाँ कम्पनीलाई डाटा हस्तान्तरण गरेको दक्षिण कोरियाको आरोप स्टन्ट गरेर, अरूलाई गाली गरेर देश बन्दैन, देश बनाउन योजना अनुरूप काम गर्नुपर्छः सुनिता डङ्गोल पाथीभरा केबलकारको समस्या समाधानका लागि सरकारसँग वार्ता गर्न तयार छौँः पहिचानवादीहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीयलाई विकासको जिम्मेवारी दिन आवश्यक: प्रम देउवा



अ+ अ-

काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीयलाई विकासको जिम्मेवारी दिन आवश्यक रहेको बताउनु भएको छ ।

शनिवार ललितपुरको भीमसेन मन्दिरको पुनर्निर्माण सम्पन्न भएको अवसरमा आयोजित समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले स्थानीयहरुलाई नै विकास निर्माणको काम दिनुपर्ने बताउनु भएको हो । उहाँले विकास निर्माणको काम स्थानीय सरकारलाई दिएकोले अधिकांश काम राम्रो र छिटो तथा गुणस्तरी ढंगबाट सम्पन्न भएको पनि बताउनु भयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘स्थानीयलाई नै विकासको काममा जिम्मेवारी दिन अति आवश्यक छ । अहिलेसम्म राम्रो काम भएको पनि छ । सबै ठाउँमा त भन्न सकिँदैन । ऐतिहासिक धाम र सांस्कृतिक दृष्टिकोणले भरिपूर्ण रहेको ललितपुर कला संस्कृतिको क्षेत्रले चिनिन्छ ।’

प्रधानमन्त्री देउवाले ललितपुर महानगरपालिकामा भएको विकास राष्ट्रिय स्तरमा मात्र नभइ अन्तर्राष्ट्रिय स्तरमा समेत नेपाल र नेपालीको परिचय फराकिलो बनाउन सहयोग पुग्ने विश्वास लिएको बताउनु भयो । २०७२ सालको भूकम्पले भीमसेन मन्दिरमा क्षति पु¥याएको थियो । उक्त मन्दिरको पुनर्निर्माण स्थानीय व्याबसायी र दाताहरुको आर्थिक सहयोगमा भएको हो ।

पाटन दरबार क्षेत्रमा रहेको भीमसेन मन्दिर पुनर्निर्माणका लागि ललितपुर महानगरपालिकाले पनि आर्थिक सहयोग गरेको थियो । फाइन आर्ट सिटीको नामले चिनिएको ललितपुरको पहिचान यहाँको सम्पदा हुन् । यो मन्दिर झण्डै तीन सय वर्ष अघि श्रीनिवास मल्लको पालामा निर्माण भएको हो ।