१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

सरकारले आफ्नालाई पठाउन विभिन्न देशको राजनीतिक फिर्ता बोलाउने गलत निर्णय गर्‍यो: काँग्रेस

सरकारले आफ्नालाई पठाउन विभिन्न देशको राजनीतिक फिर्ता बोलाउने गलत निर्णय गर्‍यो: काँग्रेस
अ अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले विभिन्न देशका राजदुतहरु हटाउने गलत निर्णय गरेको टिप्पणी गर्नुभएको छ ।

मंगलवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उहाँले राजनीतिक पूर्वाग्रह साँधेर सरकारले भारत, अमेरिकालगायतका देशको हितमा काम गरिरहेका राजदुतहरुलाई फिर्ता बोलाउने निर्णय गरेर गल्ती गरेको बताउनुभएको हो ।

प्रवक्ता महतले सरकारले देशको लागि नभई आफ्नो मान्छे पठाउनका लागि विभिन्न देशको राजदुत फिर्ता बोलाउने निर्णय लिएको आरोप पनि लगाउनु भयो । सरकारले देशको लागि काम गर्ने नभई आफ्नालाई पठाउन राजदुत फिर्ता बोलाउने निर्णय लिएको उहाँको भनाई थियो । प्रवक्ता महतले नेपालको हितमा काम गरिरहेका राजदुतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णय उचित नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भारत सरकारले नियन्त्रणा गर्‍यो, उहाँ जानु भयो । त्यसमा त मलाई केही भन्नु छैन । अव प्रतिफलमुखि हुने भनेको चाँही हामी आफैमा निर्भर छ । हामीले आफ्नो आवश्यक्ता, आफना कुराहरुलाई ठिक ढंगले राख्न सक्यौ भने, बुझाउन सक्यौ भने, तर्कपूर्ण तरिकाबाट प्रस्तुत हुन सक्यौं भने हाम्रो मूलभूत राजनीतिको समस्या के छ भने हामीमा आत्माविश्वासको कमी छ । कहिलकाँही हामी चाहिनेभन्दा बढि प्रतिक्रिया दिन्छांै । कहिले हामी बोल्नुपर्ने ठाउँमा पनि बोल्दैनौं । यो जुन प्रवृत्ति छ । त्यसले नेपालको जुन हैसियत विकसित गर्नुपर्ने हो । र, आफ्ना राष्ट्रिय स्वार्थहरुलाई प्रोटेक्ट गर्नुपर्ने हो, त्यो गर्न सकेका छैनौ ।’

‘जस्तो उहाँहरुले तमाम राजदुतहरुलाई हटाउनु भयो । अव अमेरिका, बेलायत, भारतका राजदूतहरु अत्यन्तै प्रोफेशनल हुन । जसले नियुक्ती गरेको भएपनि उहाँहरु नियुक्ति गर्नेहरुप्रति लोयल होइन, देशको प्रतिनिधित्व गरिरहनुभएको छ । जुनसुकै सरकार भएपनि देशको हितका लागि उहाँहरुले काम गरिरहनुभएको छ । त्यसको बाबदुत यो जसरी गरियो पूर्वाग्रहपूर्ण तरिकाबाट । यो अत्यन्त व्यवसायिक हैसियत राख्ने केही महत्वपूर्ण राजदूतहरु हुनुहुन्छ । उहाँहरुले सिर्फ नेपालको हित कसरी हुन्छ ? भनेर काम गरिरहनु भएको छ । उहाँहरुले कुन पार्टीको सरकार भनेर काम गरिरहनुभएको छैन । तापनि यो सरकारको के प्राथमिकता भयो भने मेरो मान्छे पठाउनु पर्‍यो । देशको लागि काम गर्ने मान्छे होइन । मेरो मान्छे त्यहाँ पठाउनु पर्‍यो भन्ने मान्यताबाट यो निर्णय भएको छ । यो गलत छ । र यो भ्रमणको शिलशिलामा हुने भनेको त झन राम्रो होइन । ’

प्रवक्ता महतले प्रधानमन्त्रीको भारत भ्रमणअघि सो निर्णय लिनु झनै उपयुक्त नभएको प्रतिक्रिया पनि दिनुभयो ।